Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय


काठमाडौं । मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट फिर्ता लिएको सो विधेयक दर्ता गर्ने निर्णय गरिएको हो ।

नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गर्ने पनि निर्णय बैठकले गरेको छ । संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो ।

यस्तै मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री सिन्जो आवेको निधनमा शनिवार शोक मनाउने निर्णय पनि गरेको छ । मृत्यु भएका सगरमाथा आरोही शम्भु तामाङलाई राष्ट्रिय सम्मान दिने पनि बैठकले निर्णय गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नागरिकता सम्बन्धि विधेयक, #मन्त्रिपरिषदको बैठक

तपाईको कमेन्ट लेख्नुहोस्