मुगुमा कुलो बनाउदा पनि भ्रष्टाचार, ९ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकामा सिंचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्दै ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासहित ९ जना विरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरुले २३ लाख १० हजार ५९७ रुपैयाँ १७ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा बुढासहित कार्यालयका सव–इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार बिश्वास उपाध्याय छन् ।
यस्तै अख्तियारले तीनमुखेदेखि लुवाबान्ना कृषि सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सह(सचिव सुरेश वुढा र छायाँनाथ रारा नगरपालिका वडा नं. १० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावतविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #छायाँनाथ रारा नगरपालिका
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्