Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईले भने हामी पनि गठबन्धनमै रहन्छौं


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईबीच गठबन्धनमा सामेल हुनेबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भट्टराईको नयाँ पार्टीलाई गठबन्धनमा सहभागी गराउन आफू पनि सकारात्मक भएको देउवाले बताएका छन् । आफैंले बनाएको गठबन्धन छाड्ने चाहना नभएको भन्दै भट्टराईले गठबन्धनमा सामेल गराउन आग्रह गरेका थिए ।

अर्का अध्यक्ष महेन्द्रराय यादवलाई साथमा लिएर देउवा भेट्न बालुवाटार गएका अध्यक्ष बाबुराम भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए । उनीहरुबीचको कुराकानी सकारात्मक भएको र केही दिनपछि फेरि छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #बाबुराम भट्टाराई

तपाईको कमेन्ट लेख्नुहोस्