मेयर बालेन साह पछि हटे, नर्भिक अस्पतालको भौतिक संरचना तत्काल नहटाइने

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पताललाई संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएको काठमाडौं महानगरपालिका अन्तत पछि हटेको छ । नर्भिकले अस्पतालका लागि अत्यावश्यक अक्सिजन सहितका सामग्री भण्डारणमा रहेको र तत्काल हटाउन नसक्ने जनाएपछि प्राविधिक समिति बनाउन दुबै पक्ष राजी भएका हुन् ।
काठमाण्डौं महानगरपालिकाले सोमवार एक सूचना जारी गर्दै । नर्भिक अस्पतालले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै खाली गर्न २४ घण्टे अल्मिेटमा दिएको थियो । त्यस लगत्तै नर्भिकले पत्रकार सम्मेलन गरि तत्काल घर टहरा भत्काउन नसकिने जवाफ दिएको छ ।
अस्पतालले पत्रकार सम्मेलन गरे लगत्तै मेयर बालेन्द्र शाह मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए । नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको विषय मेयर सहितको टोलीसंग पनि प्रष्ट पार्यो । त्यसपछि महानगर र अस्पताल प्राविधिकसहितको समिति बनाएर विवाद टुग्याउन सहमत भएका छन् ।
प्राविधिकसहितको समितिले प्रतिवेदन बुझाएपछि मात्र नियमानुसार भत्काइने भन्दै महानगरका मेयर बालेनसहितको टोली फर्किएको छ । सरकारसंग २०६५ साल जेष्ठ १ गते देखि २० बर्षका लागि त्यो जग्गा अस्पतालले भोगचलन गर्न पाउने गरि सम्झौता भएको पनि अस्पतालले जनाएको छ ।
अक्सिजन प्लान्ट,विद्युत विवरण प्यानल, खानेपानी र डायलासिस सप्लाई जस्ता विरामीको उपचारका अत्यआवश्यक सामाग्री भएकाले महानगरपालिकाले यस बिषयलाई ध्यान दिने बिश्वास पनि नर्भिकले लिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #नर्भिक इन्टरनेशनल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्