मिटरब्याजी खोज्न सरकार बल्ल तातियो,बनायो कार्यदल

काठमाडौं । मिटरब्याजको आतंकबाट पिडित केही सर्वसाधारण सडक आन्दोलनमा माइतीघरमा छन् । मिटरब्याजीहरुको आतंक नै भएपछि बल्ल सरकार तातिएको छ । मिटरबाजीको अपराध नियन्त्रण तथा सुदखोरको पहिचान एवं छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
सुदखोरबाट सताइएका पश्चिम नवलपरासीका केही पीडितहरू नौ दिनदेखि राजधानीको माइतीघरमा धर्नामा छन्। सडकमा बसेका उनीहरू सहयोगमा खानेकुरा बटुल्दै साँझ बासस्थानमा पुग्ने गरेका छन । सुरुमा गौशालामा रहँदै आएका उनीहरूको बास तीन दिनयता कीर्तिपुर सरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा सदस्य र सीआईबीका डीएसपी रोशन खड्का सदस्यसचिव रहेको कार्यदल गठन गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित सुरक्षा निकायका उच्च अधिकारीहरूलाई बोलाएर मिटरब्याजी सुदखोर पीडितहरूको विषयमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । त्यसपछि गृहमन्त्री खाँणले सहसचिव भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदल गठन भएकै दिन सरकारी अधिकारी र नवलपरासीका मिटरब्याजपीडितबीच शुक्रबार नै छलफल भएको छ । तर, आफू न्याय नपाई घर नफर्कने अडानमा रहेको मिटरब्याजपीडितले अडान लिएका छन् ।
कार्यदललाई स्थलगत अध्ययन गरी कारण र समाधानका उपाय पहिचान गर्ने, मिटरब्याज अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने, आगामी दिनमा यस्ता अपराध हुन नदिन अपनाउनुपर्ने उपायलगायत सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री बालकृष्ण खाँण, #माइतीघर, #मिटरब्याज
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्