Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

मलेसियाको सर्बोच्च अदालतले सुनायो पूर्वप्रधानमन्त्री रजाकलाई १२ बर्ष जेल सजाय


काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको अभियोग विरुद्धको अन्तिम अपीलमा असफल भएका छन । उनलाई एक मलेशिया डेभलपमेन्ट बर्हाडसँग सम्बन्धित कम्पनीबाट अर्वौ डलर हिनामिना गरेको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको छ ।

मलेसियाको सर्वोच्च अदालत, संघीय अदालतले मंगलबार राज्य कोषको सहायक कम्पनी एसआरसी इन्टरनेशनलसँग जोडिएको शक्तिको दुरुपयोग, सम्पत्ति शुद्धीकरण र विश्वासको आपराधिक उल्लंघनको सातवटा मुद्दामा नजिबलाई सजाय सुनाएको हो ।

६९ वर्षीय नजिबलाई तल्लो अदालतले २०२० जुलाईमा विश्वासको आपराधिक उल्लंघन, शक्तिको दुरुपयोग र एक एमडीबीको पूर्व इकाई एसआरसी इन्टरनेशनलबाट करिब १० मिलियन डलर अवैध रूपमा प्राप्त गरेकोमा मनी लान्ड्रिङको दोषी ठहर गरेको थियो ।

उनीले पुनरावेदन दिएपछि धरौटीमा छुटेका थिए । उनलाई राजधानी क्वालालम्पुरको दक्षिणमा रहेको काजाङ जेलमा पठाइएको छ । नजिब फैसला पढेर सुनाइँदा डकमा बसेका थिए । उनकी श्रीमती रोजमाह मन्सुर र तीन छोराछोरी उनको पछाडि बसेका थिए । सुरक्षा अधिकारीहरू त्यसपछि पूर्वप्रधानमन्त्रीको वरिपरि भेला भएर जेल लगेका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं