Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

मेयर बालेन्द्र साह र अल्फाबिटा कम्प्लेक्स मालिकबीच चर्काचर्की, नक्सा ल्याएर लगाए डोजर


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अवैध रुपमा बनेका घरका संरचना हटाउन आक्रामक रुपमा उत्रिएका छन । महानगरभित्रका व्यापारिक भवनमा आफैं पुगेर उनले एक्सन लिन थालेपछि सामाजिक सञ्जालमा निकै प्रशंशा भइरहेको छ । मेयर साहले शंखमुल, कोटेश्वर र वानेश्वरका विभिन्न स्थानमा रहेका भवनहरुको अनुगमन गरेर केही भवनका बेसमेन्ट खाली गर्न निर्देशन दिएका छन् ।

अल्फाबिटा कम्प्लेक्समा डोजर नै चलाएका छन । अल्फाबिटामाथि लिएको एक्सन उनको अहिलेसम्मकै ठूलो भएको बताइएको छ । विहान अल्फाबिटा आएर मापदण्डविपरीत बनेका संरचना भत्काउन अल्फा हाउसलाई कडा निर्देशन दिएका थिए । तर, अल्फाबिटाका सञ्चालकले स्वीकृति लिएर नै अस्थायी भवन बनाएको भन्दै बालेनसँग प्रतिवाद गरेका थिए ।

बालेनले सो बेला नक्सा माग्दै चर्को रुपमा बोलेका थिए । अल्फाबिटाका मालिक द्विराज शिवाकोटीले मेयर नभई डन भएको संज्ञा दिएका थिए । अल्फा हाउसले नक्सा काठमाडौं महानगरलाई नै देखाउन भनेपछि बालेन्द्र आक्रोशित बने । यद्यपी, उनले आफैं कार्यालयबाट नक्सा ल्याएर डोजरसहित अल्फा हाउसमा आए र बेसमेन्टमा बनेको अस्थाइ संरचना भत्काउन निर्देशन दिए ।

भत्काउन सुरु गर्ने बेलामा अल्फा हाउसका कर्मचारीले रोक्ने प्रयास गरेका थिए । तर, त्यो सफल भएन । महानगरले बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने सूचनामार्फत अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अल्फाबिटा कम्प्लेक्समा डोजर, #मेयर बालेन्द्र साह

तपाईको कमेन्ट लेख्नुहोस्