बालेन मेयर बनेपछि काठमाडौंका ३९ ठाउँमा चल्यो डोजर, कहाँ कति संरचना भत्किए (तथ्याङक सहित)

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन साह आएदेखि अहिलेसम्म ३९ ठाउँका अनधिकृत संरचना हटाएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गरिएको हो । २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाएको महानगरले जनाएको छ ।
कहाँ कति संरचना भत्काइयो
वेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँहरुमध्ये वडा नं.१ दरबारमार्ग २ वटा भवन छन् । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा नं. १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ ।
वडा २६ सामाखुशीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्च्युरी बैङ्क परिसरभित्र रहेका अनधिकृत पसलहरु हटाइएका छन् । वडा नं. १० बानेश्वरमा पर्ने ५ जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ईब्लकमा भएको संरचना हटाएर ५ वटै घरको पार्किङ बनाउने काम भएको छ । अल्फा विटा कम्प्लेक्सको भुमिगत तलामा ताला लगाइएको छ । यही वडाका बर्गर हाउस, यूएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएका छन् ।
वडा नं. २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङ्का लागि खाली गरिएको छ । आरवी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । बीरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरिएको छ । वडा नं. २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ । मापदण्ड विपरीतका अनधिकृत संरचना हटाइयो वडा नं. ३ को बसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्मको करिव ९ सय मिटर जीएलडी (गाइडेड ल्याण्ड डिभलपमेन्ट निर्देशित जग्गा विकास कार्यक्रम बाटो) खोलिएको छ ।
यसक्रममा झण्डै १ सय घरका अनधिकृत कम्पाउण्ड भत्काइएको छ । वडा नं. ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कूलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाइएको छ । वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ् हटाइएको छ । वडा नं. ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ् र विज्ञापनमुलक सामग्री हटाइएको छ ।
वडा नं. १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोवी चौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ ।
वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । यही वडाको नयाँबजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हल वरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाइएको छ । वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि बिशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमा शंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ् संरचना हटाइएको छ ।
वडा नं.२६ मा नयाँ बसपार्क मित्रनगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेड व्याक, ओभरल्यापिङ्, अनुमति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । वडा नं.२९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराइएको छ । वडा नं. ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरेफाँट क्षेत्रमा माइकिङ्क गरेर सचेत गराइएको छ । यस्तै भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङ्कका लागि खाली गराइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #३९ ठाउँका अनधिकृत संरचना, #काठमाडौं महानगरपालिका, #वेसमेन्ट तथा जमिन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्