कांग्रेसमा देउवा–शेखरको तिक्तता बढ्दो, गुटगत भेला र आलोचनामा नेता, सिट बाँडफाटमा कठिनाई

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावको तयारीमा जुटेका छन् । पार्टीभित्रको आन्तरिक एकतालाई थप सुदृढ बनाएर जानुपर्ने अवस्थामा नेपाली कांग्रेस भने आन्तरिक कलहमा फसेको छ ।चुनावको मिति नजिकिएसँगै शेखर समूहको नाममा कांग्रेसमा समानान्तर गतिविधि ह्वात्तै बढेका छन् । उनीहरुले बिरोध, धर्ना देखि बिद्रोह सम्मको धम्की दिएका छन् ।
उनीहरुले पार्टीमा सम्मानजनक भागवण्डा र न्यायोचित वितरण भएन भने आफूहरु ७७ ओटै जिल्लामा उम्मेदवारी घोषणा गर्ने सम्मको चेतावनी पार्टी नेतृत्वलाई दिएका छन् । समानुपतिक उम्मेदवारको बन्द सुची तयार पार्दा संस्थापन समूहले एकलौटी गरेको भन्दै सुची सुधार गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै प्रत्यक्ष उम्मेदवारमा पनि आफ्नो समूहलाई न्याय गर्नुपर्ने उनीहरुको माग छ ।
चुनावको मुखैमा इतर समूहले विरोधका कार्यक्रम तिब्र बनाइरहेकै अवस्थामा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी उनीहरुलाई जवाफ फर्काएका छन् । पार्टीको निर्णयमा शेखर कोइराला, गगन थापा लगायतका सबै पदाधिकारीको सहमति रहेको बताउँदै सर्बसम्मतिले भएको निर्णयमा प्रश्न उठाउनुको कुनै तुक नभएको महतको तर्क छ । विद्रोहको धम्की दिइरहेका नेताहरको गतिविधि पार्टीले नजिकबाट नियाली रहेको बताएका महतले उनीहप्रति पार्टीले कस्तो कदम चाल्छ भन्ने कुरा भने खुलाएनन् ।
समानुपातिक सुची तयार पार्दा केही त्रुटी भएको स्विकार गरेका महतले त्यस्ता त्रुटी सच्याउने जानकारी समेत दिए । तर पार्टीका सबै निर्णयमा शेखर कोइराला र गगन थापासहितका सबै पदाधिकारीको सहमति रहेकोमा उनको विशेष जोड थियो । संस्थापन इतर समूहका नेता तथा अहिलेको विरोध कार्यक्रमका नेतृत्वकर्ता समेत रहेका गुरुराज घिमिरे भने आफ्नजो समूहलाई भएको अन्याय र गलत निर्णयका विरुद्ध आवाज उठाएको बताउँछन् । निर्णय नसच्चिए थप कडा कदम चाल्ने उनको भनाई छ ।
बुधवार पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रमको घोषणा गरेको उक्त समूह विरोधका कार्यक्रम थप चर्काउने रणनीतिमा छ । शेखर समूहको गुट भेला भनिए पनि पछिल्ला कुनै पनि कार्यक्रममा शेखर कोइराला र गगन थापा लगयतका नेताहरु भने सहभागी छैनन् । पार्टी निर्णयमा उनीहरुको पनि सहमति रहेको संस्थापन पक्षको दावीकाबीच घिमिरे भने आफ्नो खबरदारी पार्टी सभापति शेरबहादुर देउवालाई मात्रै नभई आफ्नै समूहका नेता शेखर कोइरालाई समेत भएको बताउँछन् ।
कांग्रेसमा अहिले देखा परेको बिबाद उम्मेदवार चयन अघिको बार्गेनिङ मात्रै हो अथवा चुनावसम्मै कायम रहन्छ ? त्यो हेर्न बाँकी नै छ । तर अहिलेको बिबाद चुनावसम्मै यही रुपमा रहिरह्यो भने यसले कांग्रेसलाई मात्रै होइन गठबन्धनका अन्य दललाई समेत असर गर्ने निस्चित छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आन्तरिक एकता, #चुनावको तयारी, #नेपाली कांग्रेस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्