Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

सन्दीप लामिछानेलाई ७ दिनको म्याद थप,नाबालिका भनिएकी युवतीका दुई वटा जन्मदर्ता


काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । लामिछानेलाई म्याद थपका लागि प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने काम सुरु हुनेछ । सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन । लामिछानेलाई गत भदौ ५ गते ती १७ वर्षीया नाबालिकाले बलात्कार गरेको आरोप लागाएकी थिइन । पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए । उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।

पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले सोमबार मात्र अदालतमा उपस्थित गराइएको थियो । म्याद थपपछि सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेको बताएका छन् । लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको बताएको घिमिरेले जानकारी दिए ।

त्यस्तै अर्का अभिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरेकी छिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेकाले सन्दीपलाई फसाउन खोज्नेले जाहेरवालालाई परिचालन गरेको आशंका उनको छ । इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाव दिएका छन् ।

सन्दीपले लामिछानेले आफूलाई बलात्कारको आरोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको दाबी पनि गरेका छन् । सन्दीपले न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको पनि बताइएको छ । यतिबेला युवतीसँग दुईवटा जन्मदर्ता भेटिएको भन्ने बाहिरिएसँगै घटनाले नयाँ मोड लिने देखिएको छ ।

लामिछानेविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप गरेपछि अव अनुसन्धानको लागि लिइएको म्याद २७ गते सकिनेछ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जिल्ला अदालत काठमाडौँ, #नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणी, #सन्दीप लामिछाने

तपाईको कमेन्ट लेख्नुहोस्