Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कहाँ कहाँ रहे बागी उम्मेदवार,सत्तागठबन्धन र एमालेका नेताहरुलाई कति भारी


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभामा पार्टी निर्देशन बिपरित उम्मेदवारी दिएकाहरु मध्ये केहिले उम्मेदवारी फिर्ता लिएका छन् भने केहिको उम्मेदवारी कायमै छ । रोचक पक्ष त के छ भने जसरी पनि निर्वाचन जित्न निकटता, सिद्धान्त भुलेर पार्टीहरुले बहुरगी रुपमा तालमेल गरेका छन् । प्रमुख राजनीतिक दलले आफना निकटका आसेपासे तथा आफन्तलाई टिकट वितरण गरेपछि विद्रोह शुरु भएको थियो । यस कै परिणाम स्वरुप देशका विभिन्न निर्वाचन क्षेत्रमा दलका विरुद्धमा नेता तथा कार्यकर्ताले वागि उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका थिए ।

निर्वाचन आयोगले बुधवार विहान १० वजेदेखि १ वजेसम्मको गरेको सयय भित्र धेरै वागीले उम्मेदवारी फिर्ता लिए भने केही ठाउँमा फिर्ता भएन । नेकपा एमालेका नेता घनाश्याम भुषालले एमालेबाट विद्रोह गरि रुपन्देही क्षेत्र नं १बाट स्वतन्त्र उम्मेदवार बनेका छन । उनले उम्मेदवारी फिर्ता लिएनन । तर रुपन्देही ३ मा गृहमन्त्री समेत रहेका काँग्रेस उ्रम्मेदवार बालकृष्ण खाँण विरुद्ध माओवादीका वागी इमदाद हुसेन खाँले उनलाई समर्थन गदै उम्मेदवारी फिर्ता लिएका छन ।

चितवन ३ मा गठबन्धनका उम्मेदवार भोजराज अधिकारी विरुद्ध उम्मेदवारी दिएका काँग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले उम्मेदवारी फिर्ता लीएनन । तर उनको शमर्थनमा एमाले उम्मेदवार रामप्रशाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएको छ । बाग्लुङग १ मा गठबन्धनका उम्मेदवार चित्र वहादुर केसिविरुद्ध स्थानिय काँग्रेस नेता कृष्ण शंकर श्रेष्ठले उम्मेदवारी फिर्ता गरेका छन । धादीगमा २ मा एमाले उम्मेदवार खेम लोहनीलाई शमर्थन गदै राप्रपाले प्रतिनिधि सभाको उम्मेदवार फिर्ता लिएको छ ।

प्रदेशमा भने एमालेले आफनो उम्मेदवारलाई फिर्ता गराएर राप्रपाका डम्वर घलेलाई शर्मथन गरेको छ । एमालेले अन्तिममा आएर प्रतिनिधि सभाका ३ र प्रदेश सभाको १ जना उम्मेदवार फिर्ता गरेको छ । एमालेका अनुसार डडेलधुरामा प्रधानमन्त्री एवंकाँग्रेस सभापति विरुद्ध उम्मेदवारी दिएका वीपी काँग्रेसका उम्मेदवार कर्ण मल्ललाइ समर्थन गदै एमालेले उम्मेदवारी फिर्ता लिएको छ । नवलपरासिमा जनप्रगतिशिल पार्टीका ह्देश त्रिपाठीलाई एमालेले सहयोग गरेको छ । त्यहाँ काँग्रेसका तर्फबाट अवरपति ब्यापारी विनोद चौधरी प्रतिस्पर्धा गदैछन । सत्तारुढ काँग्रेसले वागी उम्मेदवार फिर्ता गराउन निर्देशन नै जारी गरेको थियो । तर धेरै ठाउँमा काँग्रेसका वागी उम्मेदवार ले उम्मेदवारी फिर्ता लिए पनि चितवन लगाएत कतिपय ठाउँमा उम्मेदवारी यथावत छ ।

काँग्रेसले निर्वाचनको अन्तिम समय भित्र वागी तथा स्वतन्त्र उम्मेदवारलाई निष्क्रिए पार्ने दावी गरेको छ । धेरै ठाउमा राजनीतिक दलले दिएका उम्मेदवारको योग्यता नपुगेका कारण निर्वाचन आयोगले उम्मेदवारी खोरेज गरेको छ । आयोगका अनुसार टिकपुर घटनामा दोषि ठह र गरेर जेल जिवन विताइरहेको रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनको वर्दीया २ बाट उम्मेदवारी दिएका थिए । यसैगरी कैलालि ५ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका लक्ष्मण थारुको मनोनयन पनि खारेज भएको छ । उनी पनि टिकापुर घटनाका दोषी हुन । रुपन्देही २ बाट गठबन्धनका उम्मेदवार बनेका एकिकृत समाजवादीका उम्मेदवार राजु गुरुङगको उम्मेदवारी पनि खारेज भएको छ ।

बैक ठगीमा दोषि ठहर गरेका रुकुम पश्चिम प्रदेश २ का काँग्रेस उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलका असन्तुष्ट नेता कार्यकर्ताले स्वतन्त्र रुपमा दिएको उम्मेदवार खारेज गराउन सम्बन्धित दलले दवाव दिएको थियो । बागी उम्मेदवार भएकाहरुले फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने दलहरुको चेतावनीपछि पनि कतिपय ठाँऊमा केन्द्रीय नेताहरुलेनै उम्मेदवारी फिर्ता नलिएका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उम्मेदवारी फिर्ता, #प्रतिनिधि सभा, #प्रदेश सभा

तपाईको कमेन्ट लेख्नुहोस्