Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

रुकुम पूर्वका वाम–लोकतान्त्रिक गठबन्धनको अपिलः संविधानका उपलब्धि रक्षाका लागि मत


काठमाडौं । रुकुम पूर्वका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले संविधानका उपलब्धि रक्षाका लागि आफनो उम्मेद्वारी भएको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले संविधानका उपलब्धिहरुको रक्षा र कार्यान्वयनका लागि आफूहरुको उम्मेदवारी भएको बताएका हुन ।

उनीहरुले संयुक्त अपिल गर्दै गठबन्धनका उम्मेदावरलाई मतदान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्ण घर्तीले जिल्लाको एक मात्र विकल्प वाम–लोकतान्त्रिक गठबन्धन रहेको दाबी गरे । आसन्न निर्वाचनले संविधानका उपलब्धिहरूको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलले नै जित्नुपर्ने बताए ।

उनले जनताको त्याग र बलिदानीबाट जारी भएको सङ्घीयता र गणतन्त्रलाई बचाउनुका साथै कार्यान्वयनका लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए । सङ्घीयतालाई बिनाश गर्नतर्फ रचिएको षडयन्त्रलाई गठबन्धनले जोगाउने भन्दै उनले रुकुम पूर्वमा पनि एक मात्र विकल्पको रुपमा वाम–लोकतान्त्रिक गठबन्धन रहेको बताए ।

गठबन्धको तर्फका प्रदेश सभा क का उम्मेदवार तेजबहादुर ओलीले गणतन्त्रको रक्षा गर्दै समुदाय, वर्ग र लिङ्गको उत्थानका लागि आफू उम्मेदवार बनेको बताए । प्रदेश नम्बर २ गठबन्धन दलका उम्मेदवार धनबहादुर केसीले पनि जिल्लाको समग्र विकास अवस्थालाई ध्यानमा राख्दै वाम–लोकतान्त्रिक गठबन्धन चुनाबी मैदानमा होमिएको बताए । नेपाली कांग्रेसको उम्मेदवार समेत रहेका केसीले प्रतिगमन शक्तिलाई पराजित गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धनको आवश्यक भएको दाबी गरे ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #धनबहादुर केसी, #पूर्ण घर्ती, #बाम लोकतान्त्रिक गठबन्धन, #रुकुम पूर्व

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं