Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

भारतीय कांग्रेसमा २४ वर्षपछि नेतृत्व गान्धिपरिवार बाहिर,बने मल्लिकार्जुन खड्गे नयाँ अध्यक्ष


काठमाडौं । भारतीय कांग्रेसले २४ वर्षपछि नेहरू गान्धी परिवार बाहिरका व्यक्ति अध्यक्ष पाएको छ। मल्लिकार्जुन खड्गे काँग्रेस आईको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन । उनले चुनावमा ७,८९७ मत पाए भने उनका प्रतिद्वन्द्वी शशि तरुरले करिब १ हजार ७२ मत प्राप्त गरेका थिए । समाचार एजेन्सी एएनआईका अनुसार निर्वाचनमा ४ सय १६ मत रद्द भएको थियो। ८० वर्षीय मल्लिकार्जुन खड्गेले अब पार्टीको नेतृत्व सम्हाल्ने छन्।

काँग्रेसको इतिहासमा यो अध्यक्ष पदका लागि मतदान भएको थियो । यसअघि गान्धी परिवारको पहिलो रोजाइमा अशोक गहलोत थिए । तर, उनी अध्यक्ष बनेपछि राजस्थानको मुख्यमन्त्री को बन्ने भन्ने कुरामा विवाद भयो। त्यसपछि गहलोतको पात काटियो र अचानक खड्गेको नाम आयो। शशि तरुरले एक विज्ञप्ति जारी गर्दै मल्लिकार्जुन खड्गेलाई बधाई दिएका छन्।

तरुरले ट्वीट गर्दै भने, ‘कंग्रेसको अध्यक्ष हुनु ठूलो सम्मान र जिम्मेवारी हो। म मल्लिकार्जुन खड्गेजी यो काममा सफल बन्नुहोस् भन्ने कामना गर्दछु। मेरो लागि हजारभन्दा बढी सहकर्मीहरूको समर्थन प्राप्त गर्नु महत्त्वपूर्ण थियो। खड्गे गान्धी परिवारको धेरै नजिक र ‘यस म्यान’ मानिन्छन्।

सभापति बनेपछि ‘गान्धी परिवार’सँगको उनको सम्बन्ध अहिलेको जस्तो गरी अगाडि बढ्छ कि बढ्दैन भन्ने आशंका गर्न थालिएको छ। अहिलेसम्म गान्धी परिवार बाहिरका काँग्रेस अध्यक्षहरू पीभी नरसिंह राव र सीताराम केशरीको पछि गान्धी परिवारसँग दुश्मनी नै भयो। भारत स्वतन्त्र भएपछि काँग्रेसले नेहरू(गान्धी परिवार बाहिरबाट अध्यक्ष पाएपछि प्रायः उनीहरूको सम्बन्ध बिग्रिएको थियो।

गान्धी परिवारसँगको घनिष्ट भएकाले मात्रै उनी अध्यक्ष बने तर पार्टीको नेतृत्व सम्हाल्नेबित्तिकै सम्बन्ध बिग्रन्छ। के। कामराजदेखि सीताराम केसरीसम्मका नेताहरूको सूची छ, जो कांग्रेसको अध्यक्ष बनेपछि गान्धी परिवारका लागि चुनौती बनेका छन्। सबैभन्दा पछिल्लो उदाहरण केसरी र नरसिंह राव हुन्।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #गान्धी परिवार, #भारतीय कांग्रेस, #मल्लिकार्जुन खड्गे

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं