मतदाता फकाउने उम्मेद्वारहरुको नयाँ शैली,फेसबुकबाट लाखौंको बुस्ट मार्फत प्रचार–प्रसार

काठमाडौं । पछिल्लो समय कुनै फिल्मको प्रोमो, गीत संगीत, कुनै प्रतियोगिता लगायतलाई प्रोमोशन गर्नको लागि सामाजिक सन्जालमा खर्च गरेर भएपनी बुस्ट् गर्ने चलन जस्तै बनेको छ । गएको स्थानीय तहको निर्वाचनमा यसको ब्यापक प्रयोग गरियो । अहिले फेरी मंसिर ४ गतेको चुनावको लागि अधिकांश उम्मेद्वारले सामाजिक सन्जालमा पैसा खर्च गर्न थालेका छन । जसलाई निर्वाचन आयोगले नियमन गरिरहेको जनाएको छ ।
चुनावको बेला उम्मेद्वारहरुले सामाजिक सञ्जालको प्रयोग गर्ने, पैसा खर्च गरेर भएपनि आफ्नो राम्रो राम्रो कुरा मात्र पोस्ट गरेर धेरै प्रयोगकर्ता समक्ष पुर्याउने फेसन चलेको छ । प्रविधिको प्रयोग गर्दै आफ्न एजेण्डा उम्मेद्वारले मतदाता समक्ष पुरयाईरहेका छन । जसमा नेपाल समाजवादी पार्टीको तर्फबाट काठमाण्डौ क्षेत्र नम्बर ७ कि उम्मेद्वार मानुशी यमी भट्टराई अगाडि देखिएकी छिन् । उनले आफ्नो फेसबुक पेजबाट आफ्नो निर्वाचन सामाग्रीलाई धेरै मतदाताको फेसबुकसम्म पुर्याउन पैसा तिरेर बुस्ट गरेकी छिन् ।
जसबापत उनले अहिलेसम्म ९ सय डलर अर्थात झन्डै १ लाख २० हजार खर्च गरिसकेकी छिन् । यद्यपी उनको पैसा भने उज्ज्वल श्रेष्ठ नामको ब्यक्तिमार्फत तिरिएको छ । त्यस्तै काठमाडौ क्षेत्र नम्बर एक का राप्रप्राको तर्फबाट उम्मेद्वार बनेका रबिन्द्र मिश्रले पनि फेसबुक पेजमार्फत प्रचार गर्न थालेका छन । उनले अहिलेसम्म आफ्न ७ वटा पोस्टको लागि ७०० डलर अर्थात ९२ हजार रकम तिरिसकेका छन ।
त्यस्तै काठमाडौ ७ बाट जसपाको तर्फबाट उम्मेद्वार बनेका राजेन्द्रप्रसाद श्रेष्ठले पनि सामाजिक सञ्जाल फेसबुकमा पैसा बुझाईरहेका छन । उनले हालसम्म ४५ वटा पोस्ट मार्फत ५८० डलर अर्थात ७७ हजार तिरिसकेका छन । यो बाहेक सयौ उम्मेद्वारले प्रचारको प्रभावकारी माध्यम फेसबुकलाई बनएका छन । यो बिषयमा निर्वाचन आयोगले कुनै कडाइ नगरे पनि नियमन र अनुगमन गरिरहेको जनाएको छ ।
अहिलेसम्म तथ्यांकलाई हेर्दा २ हजार ३ सय २४ चुनाव लक्षित पोस्टलाई पैसा तिरेर धेरै प्रयोगकर्ता माझ पुर्याउने काम भएको छ । जसबापत उम्मेद्वारले २० हजार ७ सय ३१ डलर अर्थात २७ लाख ५७ हजार रुपैया फेसबुकलाई बुझाएका छन । अहिले सामाजिक सञ्जालमा खर्च गर्ने कुनै सिमा नतोकिए पनि पछी खर्च विवरणमा त्यही सिमाभित्र नै यो रकम पनि जोडिने आयोगले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उम्मेद्वारहरुको नयाँ शैली, #लाखौंको बुस्ट, #सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्