चुनावमा होमिँदै गर्दा प्रमुख दलहरु आँफू अग्रगमन र अरु प्रतिगमनकारी भएको आरोप लगाउदै
आ–आफ्नो स्वार्थ अनुसारको ब्याख्या

काठमाडौं । विगत दुईवर्षदेखी नेपाली राजनीतिमा बहस र चर्चा बनिरहेको छ अग्रगमन अनि प्रतिगमन । कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादीले गठबन्धन गरेको एउटा कित्ताले आफूलाई अग्रगामी र राष्ट्रवादी शक्तिका रुपमा उभ्याउन खोज्दा, एमाले अध्यक्ष ओली समेत यस्तै प्रतिस्पर्धामा खप्पिस देखिएका छन् । चुनावमय बन्दै गरेको नेपाली राजनीतिमा यतिबेला पनि चर्चा र बहस बनिरहेको छ, प्रगिमन र अग्रगमन ।
संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धन अर्थात नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको एउटा घटकले आफूलाई अग्रगामी अनि राष्ट्रवादी राजनीतिक धारको रुपमा जबर्जस्त उभ्याउन खोजिरहेको छ । तत्कालिन नेकपा एवंम एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईदुईपटक गरेको संसद विघटनलाई यो गठबन्धनले लामो संघर्षले ल्याएको लोकतन्त्रिक उपलब्धि मास्ने षड्यन्त्र भन्दैआएको छ ।
अहिले पनि सत्ता गठबन्धनका रुपमा एकताबद्ध भएका गठबन्धन दलका नेता देशभित्रको आन्तरिक राजनीतिक किचलो वा बाह्य हस्तक्षप के कसरी को बाट प्रगिगमनको खतरा छ, प्रतिगमन के हो ? खुलाउन सकिरहेका छैनन । रपनि चुनावी अभियानमा परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने घमसान लडाई जारी रहेको भाषण गरिरहेकै छन् । उनीहरु त भनिरहेका छन्, प्रतिगमनको खतरा अझै पनि कायमै छ ।
वाम लोकतान्त्रिक गठबन्धनका रुपमा दरिएका दल र नेताहरुले परिवर्तनको पक्षमा तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरुको गठबन्धन बाध्यकारी भएको दाबी गर्दैगर्दा एमाले अध्यक्ष ओली नेतृत्वको अर्को गठबन्धन कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीलाई सत्तालोलुप र स्वार्थको राजनीतिक समूहको संज्ञा दिइरहेको छ ।
ओलीले त दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्नु आफ्नो बाध्यात्मक परिस्थिति भएको दाबी गर्दै नेपालको अग्रगतिका लागि अस्थिरता, अव्यवस्था र शक्ति केन्द्रहरूको चलखेल सधैंभरि मुख्य बाधकका रूपमा रहँदै बताउँदैआएका छन् । प्रचण्ड र माधवकुमार नेपाललाई संकेत गर्दै सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएलगत्तै यसलाई असफल बनाउने प्रयास सुरु गरिएको, यस्तो चलखेलमा अवसरवादी, अराजक र अपवित्र पात्रहरू प्रयोग गरिएको जिकिर गरिरहेका छन् ।
ओलीले आफूलाई विकासवादी, राष्ट्रवादी र अग्रगामी व्यक्तिका रुपमा उभ्याउन खोजेका मात्रै छैनन सत्तास्वार्थबाट एकताबद्ध भएका दलहरुलाई प्रतिगामी र अराजकको संज्ञा दिइरहेका छन् । कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई अग्रगामी राष्ट्रवादी देखाउने प्रयास गर्दैगर्दा एमाले अध्यक्ष ओली पनि उस्तै प्रतिस्पर्धामा छन् । नेपाली राजनीतिमा चर्चा र बहसमा आएको अग्रगमन अनि प्रतिगमन के हो ? यसका मतियार को—को हुन ? नेताहरुका गफले जनता आफै रनभुल्लमा छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाली राजनीति, #लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक, #संविधान
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्