Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

पाकिस्तानमा टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानका भाषण र अन्तरवार्ता प्रसारणमा रोक


काठमाडौं । पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण र अन्तरवार्ता प्रसारण गर्न रोक लगाएको हो ।

इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति दिएको भन्दै पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले भनेको छ, ‘टेलिभिजन च्यानलहरुले पूर्वप्रधानमन्त्री इमरान खानको कुनै पनि भाषण र पत्रकार सम्मेलन प्रसारण गर्ने छैनन् ।’ यो निर्देशन उल्लंघन गर्ने च्यानलहरुको लाइसेन्स रद्द गरिदिने चेतावनीसमेत उसले दिएको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #इमरान खान, #मिडियाको नियामक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं