Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अफगानिस्तानमा भोकमरीको भयावह, दुई करोड २८ लाख मानिस समस्यामा


काठमाडौं । तालिबानले कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरीको संकट भएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका उल्लेख गरिएको छ ।

एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो। खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन्। यो कुल जनसंख्याको आधाभन्दा बढी हो।

सन् २०२२ मा तीव्र खाद्य असुरक्षामा तीव्र वृद्धिका साथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दालाई पनि प्रतिवेदनले उजागर गरेको छ। यसैबीच विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले पनि अफगानिस्तानको आर्थिक संटबारे चिन्ता व्यक्त गरेको जनाइएको छ ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं