जता गयो उतै उम्मेद्वारको गलामा थेक्नै नसकिने माला, गुनासो गर्ने मतदाताले किन लगाइदिन्छन् खादा

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै उम्मेद्वारले प्रचार–प्रसारलाई झनै आक्रामक बनाएका छन् । उम्मेद्वारको आवात जावतले माहोल देशभर तातेकोे छ । उम्मेदवार जनताको घरदैलोमा पुग्दा मतदाताले पनि उनीहरुलाई फुल मालाले स्वागत गरेकै छन् । नेताहरुले केहि गरेनन् भनेर गुनासो गरिरहने मतदाता भने नेताहरुकै चुनावी रौनकसँग हराएका छन् । गुनासो त गरेका छन् त्यो भन्दा बढी सम्मान गर्नमै उनीहरु ब्यस्त देखिन्छन् ।
अर्कोतर्फ उम्मेदवारले भने आश्वासनसँगै माला पहिरिन कुनै अफ्ठारो मानिरहेका देखिदैनन । जसरी उनीहरुले जनताको पक्षमा ठूलै काम मेहनत गरेझै सम्झिएका छन् र फुलमाला गलाभरी पहिरिएर चुनाव जितेजस्तै गरी दुई हात जोडिरहेका छन् । हरेक नेता तथा उम्मेद्वार घरमा पुग्दा लाग्छ कुनै ठूलो चमत्कार, ठूला आयोजना सम्पन्न, विजयको खुशीयाली वा अन्य कुनै उल्लेखनीय काम गरेर नेताहरुले माला पहिरिएका होलान । तर, अहं मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतदातासँग मत माग्न पुगेका उम्मेदवारहरुले मतदाताले नै लगाइदिएका माला र खादा हुन् ।
निर्वाचनको चटारोले उम्मेदवार वेफुर्सदिला छन्, टोल टोल र घरघरमा पुगेर आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न दौडधुप गरिरहेका छन् । उनीहरु जहाँ पुग्छन् त्यहाँ कार्यकर्ता वा सुवेक्षुकहरुले उनीलाई शरीरले थेग्नै नसक्ने गरी माला लगाइदिन्छन । तर, थाहा छैन उनीहरुले विगतमा के गरे र वर्तमानमा के गर्न चुनावको मत मागिरहेका छन् । देशमा गणतन्त्र आएको दशक बित्दा पनि मतदाताले चाकडीको उही भद्दा रुप देखाउन छाडेका छैनन् । अर्थात् गणतान्त्रिक देशका नेताले राजा–राणा शासनकै जस्तो चाकडीको भद्दा दृश्य देखाइरहेका छन्।
राजतन्त्र र पञ्चायतका चाकडीकै धङधङी बोकेर नेताहरु डुलिरहेको भान हुन्छ । चाकडीको काइदा मात्र परिस्कृत भएको छ । तर, चाकडी हट्न नसकेको पछिल्लो समय उममेदवारको माला मोहले प्रष्ट झल्काएको छ । हुनतः नेपाली सामाजमा फूलमालालाई खुसी, उत्सव, उल्लास, सौन्दर्य र सम्मानको प्रतीक मानिन्छ । देवी–देवतालाई फूल चढाउने परम्परा छ । फूलले शोभा बढाउने ठानिन्छ भने हाम्रो मौलिक संकार पनि हो । तर, समाज बदल्ने अगुवा नेताहरूको अस्वाभाविक फूलमाला धारणले फूलको असली सौन्दर्य मात्रै छोपिँदै गएको छैन, लोकतन्त्रको सौन्दर्य नै मर्दै गएको विश्लेषण हुन थालेको छ ।
हुन त केहि नेताहरुले खादा र माला नलगाउने उद्घोष पनि नगरेका होइनन् । तर, त्यसलाई कार्यान्वयन गर्न भने सकेका छैनन् । माला जिउले थाम्न नसकियोस् वा टाउकै छोपियोस्, त्यसको प्रवाह नेता तथा उम्मेदवारमा छैन । यहि समाज र यी नै नेताहरु हुन् जसले विगतमा १ सय ५१ किलोदेखि, १११, १०१, ९९, ५१ किलोका माला पहिरिएका छन् ।
सबैभन्दा गरुङ्गा माला पहिरिने वर्तमान नेताहरुमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, लयायत झलनाथ खनाल, शुवासचन्द्र नेम्बाङ, महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, गगन थापा, दीपक गिरी, कमल थापा लगायतका नै छन् जो आसन्न निर्वाचनका लागि पनि उम्मेवार बनेर जनतामाझ मत मागिरहेका छन् ।
नेताहरूको माला मोह र चाकडी गर्ने कार्यकर्ताको प्रवृतीका कारण यो विकृती झनै मौलाउदो छ । त्यसैमाथि उम्मेदवारका घर दैलोमा कुनै महत्वपूर्ण उपलब्धि विना मत माग्दै पुगेका नेताहरुलाई उनीहरुको तौल भन्दा बढी माला लगाइदिनाले उनीहरुमा काम भन्दा बढी आश्वासन र समाजमा दास संस्कार हावी हुँदैछ । कतै पछिल्लो समय जनताले माला चाकडी गर्ने र नेताले माला चाखडी पचाउने प्रतिकको रुपमा त विकास हुँदै त छैन ? भन्ने सवाल उठिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निर्वाचनको चटारो, #प्रचार–प्रसार, #फुलमाला गलाभरी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्