Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

झापा क्षेत्र नम्बर १ मा विश्वप्रकाश र अग्नीको प्रतिष्पर्धा, कसले मार्ला बाजी ?


काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनमा झापा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा दुई हेभिवेट नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विगतका चुनावी नतिजा र गत बैशाखको स्थानीय तह निर्वाचनको मत विश्लेषणका आधारमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नी खरेलबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । झापा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेद्वार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नी खरेल यतिबेला आफ्नो पक्षमा भोट माग्न व्यस्त छन् ।

प्रमुख दलका यी हेभिवेट नेतालाई आफुले निर्वाचन जितेर पार्टीको साख जोगाउनुपर्ने चुनौँती छ । स्थानीय उम्मेदवारका रुपमा चुनावी मौदानमा उत्रिएका शर्मालाई पाहुना उम्मेदवारका रुपमा भित्रिएका खरेलले कडा टक्कर दिने आँकलन गरिदैछ । कांग्रेसको किल्ला मानिएपनि झापा १ बाट शर्मा आफै दुई पटकसम्म पराजित भएका छन् । यस पटक भने गठबन्धनको बलमा चुनावी परिणाम आफ्नो पक्षमा पार्नेगरी कांग्रेस महान्त्री शर्मा मैदानमा छन् ।

२०७० सालमा पहिलो पटक टिकट पाएका शर्मा एमालेका रविन कोइरालासँग ६८९ मतान्तरले पराजित भएका थिए । २०७४ सालमा समेत माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीसँग २ हजार ८६३ मतान्तरले पराजित भएका थिए । यस पटक हारको ह्याट्रिक रोकेर जित्ने दाउमा शर्मा छन् । उनलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको साथ छ ।

गठबन्धनको आडँमा चुनाव जित्नेमा शर्मा ढुक्क छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र र निकट मानिने खरेलको नाम झापा २ बाट सिफारिस गरिएको भएपनि एकल सिफारिस भएका रविन कोइरालालाई ब्याक गराएर खरेललाई झापा १ को टिकट थमाइएको थियो ।

२०६५ सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका खरेल २०७१ मा संविधानसभा सदस्यमा राष्ट्रिपतिबाट मनोनीत भएका थिए । संविधान बनाउने क्रममा प्रमुख सचेतक रहेका उनले मस्यौदा समितिका सदस्य भएर मात्रै भुमिका खेलेनन कानुन मन्त्री समेत बन्ने सौभाग्य पाए ।

कानुनी पृष्ठभूमिका खरेलले महान्यायाधीवक्ताको पदसमेत सम्हालिसकेका छन् । एमालेको संगठनको बलमा निर्वाचन जित्नेमा खरेल पनि ढुक्क जस्तै छन् । स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलको २९ हजार २१६ र एमाले–राप्रपाको ३७ हजार १५४ मत रहेको मंसिर ४ को निर्वाचनमा नयाँ मतदाता निर्णायक हुने आँकलन गरिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अग्नी खरेल, #कडा प्रतिस्पर्धा, #विश्वप्रकाश शर्मा

तपाईको कमेन्ट लेख्नुहोस्