Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

अमेरिकामा रिपब्लिनकनले पायो तल्लो सदनमा २ सय १८ सिट


काठमाडौं । रिपब्लिकनहरूले अमेरिकी कांग्रेसको तल्लो सदनमा बहुमत प्राप्त गर्न आवश्यक २ सय १८ सीट सुरक्षित गरेको छ । प्रतिनिधि सभामा पार्टीको बहुमत निकै कम भएपनि अर्को दुई वर्षको लागि राष्ट्रपति जो बिडेनको एजेन्डा रोक्न भने पर्याप्त हुनेछ

। यसले रिपब्लिकनलाई पुनः सरकारमा फर्किने संकेत गरेको छ । डेमोक्र्याटहरूले अझै पनि सिनेटमा शक्ति कायम राखेका छन् । यसैबीच, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि चुनाव लड्ने घोषणा गरेका छन् ।

वाशिंगटनको विभाजन नियन्त्रण गत हप्ताको मध्यावधि चुनावबाट सुरु भएको थियो । रिपब्लिकन पार्टीले अब ४ सय ३५ सिट भएको हाउसमा २१८ देखि २२३ सिट जित्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #रिपब्लिकन

तपाईको कमेन्ट लेख्नुहोस्