Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रतिनिधितर्फ दुई हजार ४१२ र प्रदेशसभामा तीन हजार २२४ जना चुनावी मौदानमा


काठमाडौं । मुलुक प्रतिनिधि र प्रदेश सभा निर्वाचनको संघारमा छ । एक सय ६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको देशभरको निर्वाचनमा प्रतिनिधि सभातर्फ दुई हजार ४१२ र प्रदेश सभा तर्फ तीन हजार २२४ जना चुनावी मौदानमा छन् । आगामी मंसिर ४ गते देशैभर एकसाथ प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ । एक सय ६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नेपालमा एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाताले भोट हाल्न पाउनेछन् ।

प्रदेश नं. एक मा १६ लाख ९९ हजार ८ सय पूरुष, १६ लाख ४७ हजार ५६१ जना महिला र २३ जना अन्य गरि ३३ लाख ४७ हजार ३८४ जना मतदाता छन् । यस्तै, मधेश प्रदेशमा १५ लाख ७७ हजार ३१७ जना पुरुष, १३ लाख ३२ हजार ६४० जना महिला, ६६ जना अन्य गरि २९ लाख १० हजार २३ जना मतदाता छन् । बाग्मती प्रदेशमा पुरुष १७ लाख ४ हजार ८९८ जना, महिला १७ लाख ७ हजार ९४२ जना, अन्य २९ जना गरि ३४ लाख १२ हजार ८६९ जना मतदाता छन् ।

गण्डकी प्रदेशमा ७ लाख ९२ हजार ६९७ जना पुरुष, ८ लाख ६९ हजार ५३८ महिला र ११ जना अन्य गरि १६ लाख ६२ हजार २४६ जना मतदाता रहेका छन् । यसैगरी, लुम्बिनी प्रदेशमा दुई लाख ३ हजार ९०८ जना पुरुष, २ लाख ११ हजार ४६ जना महिला, दुई जना अन्य गरि ४ लाख १४ हजार ९५६ जना कुल मतदाता रहेका छन् ।

कर्णाली प्रदेशमा ४ लाख ४९ हजार तीस जना महिला, ४ लाख ५९ हजार ४०१ जना पूरुष र अन्य दुई जना गरि ९ लाख ८ हजार ४३३ जना मतदाता छन् । सुदुरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र अन्य १८ गरि १६ लाख ५८ हजार ४ जना कुल मतदाता रहेका छन् । यस्तै प्रदेश नं. १ मा १८, मधेश प्रेदशमा ३२, बाग्मतीमा ३३, गण्डकीमा १८, लुम्बिनीमा २६, कर्णालीमा १२ र सुदुरपश्चिममा १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र भने प्रतिनिधि सभाको ठिक दोब्बर छ । देशभर गरि दुई हजार ४१२ जनाले उम्मेद्वारी दिएकोमा प्रतिनिधि सभातर्फ १६५ जना मात्रै संसद छिर्न पाउनेछन् । प्रदेश सभा सदस्यतर्फ तीन हजार २२४ जनाको उम्मेद्वारी रहेकोमा ३३० जना मात्रै ५ वर्षका लागि प्रदेश सांसदका रुपमा छानिने छन् ।यी प्रतिनिधि छान्न देशभरका २२ हजार २२७ वटा मतदान केन्द्र र दश हजार ८९२ वटा मतदान स्थलमा मंसिर ४ मा एकसाथ मतदान हुँदैछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एक सय ६५ प्रतिनिधि, #प्रतिनिधि, #प्रदेश सभा

तपाईको कमेन्ट लेख्नुहोस्