घर फर्किदै मतदाता,योग्य उम्मेद्वार छनोट गर्ने चाहना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि देशभर एकै चरणमा मतदान हुँदैछ । निर्वाचनमा मतदान गर्न काठमाडौंबाट आ–आफनो घर जानेहरुको बिभिन्न स्थानमा लर्को लागेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न मतदाता गाउँ फर्किन थालेका छन् ।
काठमाडौंसहित सुर्खेत,नेपालगञ्ज र जुम्ला बसपार्कमा मतदाताहरूको लर्को लागेको छ । पाँच वर्षमा एक पटक आउने आम निर्वाचनमा आफूले चाहेको व्यक्ति चुन्न र जिल्लाको समग्र विकासमा टेवा पुगोस् भन्ने हेतुले गाउँ छाडेका मतदाता फर्किन थालेका हुन् ।
कतिपय मतदाता आफनै खर्चमा गाउँ फर्किरहेकाछन भने कतिपयलाई उम्मेदवारहरुले फर्किने बन्दोबस्त मिलाएकाछन । उम्मेदवारहरूले पनि आफूनिकटका मतदातालाई जिल्ला फर्किन दबाब दिइरहेका छन् । दसैं तिहारसँगै सुनसान गाउँमा फेरि चहलपहल बढेको छ । मतदाताहरुले आफ्नो मताधिकार सहि नेता भोट दिएर उपयोग गर्ने बताएका छन ।
मतदानका लागि घर फर्किरहेका सर्वसाधारणको विचार भने फरक–फरक छ । कतिपयले क्षमतावान भएर पनि यसअघि हारेका नेताहरुलाई जिताउने बताएकाछन भने युवा मतदाताहरुले नयाँ पुस्तालाई जिताउने बताएका छन । आमरुपमा मतदाताहरुले मताधिकारको सदुपयोग गर्न गाउँ फर्किन लागेको बताएकाछन ।
प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा, #बसपार्कमा मतदाताहरूको लर्को
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्