Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

रुकुमपश्चिमबाट जनार्दन शर्मा विजयी, संसदमा चौथो यात्रा,माओवादीले पाएन गठबन्धन दलको मत


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् अर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमबाट लगातार चौथो पटक निर्वाचित भएका छन् । २०६४ पछि शर्मा लगातार रुकुम पश्चिमबाट निर्वाचित हुँदै आएका छन् । उनले निकटतमप्रतिद्धन्दीलाई साढे २६ हजारको मतान्तरले पराजित गरेका छन् । मतगणना अनुसार शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गरेका हुन । कुल ६० हजार ५ सय २७ मत खसेकामा शर्माले ३९ हजार ५ सय ४९ मत पाएका थिए ।

नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका हुन । स्वतन्त्र उम्मेद्वार तारक केसीले ३ हजार ५ य ६७, राप्रपाका दिपकुमार मल्लले ७ सय ९६, स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २ सय १४ र मंगोलनेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २ सय ८ मत ल्याएका छन् । रुकुम पश्चिम प्रदेश सभा १ बाट नेकपा माओवादी केन्द्रका महेन्द्र केसी पारसमणि विजयी भएका छन् । उनले नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९ सय ५२ मतान्तरले पराजित गरेका हुन ।

केसीले १९ हजार ३३ मत प्राप्त गर्दा एमालेका शाहले ८ हजार ८१ मत पाएका थिए । यो क्षेत्रमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका विनोदकुमार शाहले १ हजार ११ मत पाएका थिए । रुकुम पश्चिम प्रदेश सभा ‘ख’ मा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । १२ हजार मतान्तरले माओवादी केन्द्रका राजकुमार शर्माले नेकपा एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे । शर्माले २० हजार १ सय ६० मत पाउदा एमालेका घर्तीले ८ हजार ७८ मत पाएका थिए । राप्रपाका निर्जल केसीले १ हजार १ सय ७ मत ल्याएका थिए ।

गठबन्धन हुँदा रुकुमपश्चिममा माओवादीले सबै क्षेत्र पाएको थियो । स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा माओवादीसँग ३६ हजार दुई सय ९० मत छ भने कांग्रेससँग २६ हजार ६ सय १९ मत थियो । एमालेको भने ६ हजार ९१ मत थियो । २६ हजार ६ सय १९ मत कांग्रेस हुँदा केही नयाँ मत पनि थपिएको छ ।

गठबन्धनको मत जोड्दा ६२ हजार ९ सय ९ हुन्छ । तर, जनार्दन शर्माले ३९ हजार ५ सय ४९ मत मात्रै पाएका छन् । रुकुमपश्चिममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले मतदान नै बहिष्कार गर्नेदेखि केहीले स्वतन्त्र उम्मेद्वार र नेकपा एमालेलाई मतदान गरेको देखिन्छ । ६ हजार मत भएको एमालेले १२ हजार ९ सय ६१ मत ल्याएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #रुकुमपश्चिमबाट जनार्दन शर्मा विजयी

तपाईको कमेन्ट लेख्नुहोस्