प्रतिनिधिसभामा कर्णालीबाट एमाले शून्य, पहिलो दल बन्यो कांग्रेस

काठमाडौं । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यो पटकको प्रतिनिधिसभा चुनावमा शून्यमा झरेको छ । प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ ।
मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि परेका छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा जित निकालेको छ । मुगुमा पनि फराकिलो मत अन्तरले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसबाट सुर्खेत १ मा पार्टी उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत–२ मा हृदयराम थानी र दैलेख–२ मा दिक्पाल शाही निर्वाचित भएका छन् ।
मुगुमा जारी मत गणनामा भने कांग्रेसकै उम्मेदवार ऐनबहादुर शाहीले अग्रता लिइरहेका छन् । माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिममा जित निकालेको छ भने कालीकोट र हुम्लामा फराकिलो मतान्तरले अग्रता लिएको छ । रुकुम पश्चिममा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र जाजरकोटमा शक्ति बस्नेत निर्वाचित भएका छन् ।
कालीकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार क्रमशः महेन्द्रबहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् । एकीकृत समाजवादीबाट दैलेख–१ मा अमरबहादुर थापा, सल्यानमा प्रकाश ज्वाला र डोल्पामा धनबहादुर बुढाले जितेका छन् ।
त्यस्तै जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही निर्वाचित भएका छन् । २०७४ सालमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोगमा बाजी मारेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चुनावमा शून्य, #नेकपा एमाले
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्