Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

विश्वकपमा आजदेखि नकआउट चरणका खेलहरू,पहिलो खेल नेदरल्यान्ड्स र अमेरिका


काठमाडौं । विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ बजरे ४५ मिनेटमा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । यता पनि अमेरिका आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने योजना बनाएको छ ।

आज हुने अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता अष्ट्रेलिया पनि विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #नेदरल्यान्ड्सले अमेरिका

तपाईको कमेन्ट लेख्नुहोस्