स्याङ्जा २ मा धनराज गुरुङ साढे ५ हजार बढी मतले अगाडि

काठमाडौं । स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता बनाउँदै लिएका छन् ।
शनिबार बेलुका सार्वजनिक मतपरिणाम अनुसार धनराजले २८ हजार ४ सय २६ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ५ हजार ७ सय ७२ छ ।
स्याङ्जा प्रदेशसभा निर्वाचन क्षेत्र २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम राखेका छन् । उनले १६ हजार १ सय ९ मत पाएका छन् भने नेकपा एमालेका वुद्धिमान श्रेष्ठले १३ हजार ९४ मत पाएका छन् ।
भट्टराई ३ हजार ३ सय ५मतान्तरले अगाडि छन् । स्याङ्जा २ मा प्रतिनिधिसभामा ७० हजार १ सय ९१ मत खसेकामा अब चापाकोट नगरपालिकाको ५, ६, ७, ८, ९ र १० नम्बर वडाको मतगणना हुन बाँकी छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धनराज गुरुङ, #पद्मा अर्याल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्