दिल्लीमा भाजपाले १५ वर्षदेखिको पकड गुमायो, बहुमतमा आप

कठमाडौं । भारतको दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले १५ वर्षदेखिको पकड गुमाउने देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा बुधबार भएको चुनावमा हार ब्यहोर्ने सम्भावना देखिएको हो ।
चुनावमा आम आदमी पार्टीको बहुमत आउने संकेत देखिएको छ । कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् ।
चुनावको पूर्ण नतिजा घोषणा भइसकेको छैन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले छिट्टै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो एक महिनामा राष्ट्रिय राजधानी दिल्लीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहरका थुप्राहरू हटाउने र दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #भारतीय जनता पार्टी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्