Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अमेरिकामा समलिङ्गी विवाहले पायो मान्यता, बाइडेनले गरे विधेयकमा हस्ताक्षर


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा हजारौं समर्थकलाई बोलाएर बाइडेनले ऐनमा हस्ताक्षर गरेका हुन ।

अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो । नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट पारित भएको बिल गतसाता प्रतिनिधिसभाबाट पनि पारित भएको थियो । प्रतिनिधिसभामा बिलका पक्षमा २ सय ५८ भोट र विपक्षमा १ सय ६९ भोट खसेको थियो। ३९ रिपब्लिकनले डेमोक्र्याटको साथ दिएको थियो ।

बिलले सबै राज्यहरूले समलिङ्गी विवाहलाई वैधानिक बनाउनु पर्ने राष्ट्रिय आवश्यकता सेट नगरेपनि एउटा राज्यले अर्को राज्यको कानुनी समलिंगी विवाहलाई मान्यता दिन आवश्यक रहेको मापदण्ड तय गरेको छ।​

सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित बिलमा भाषा थप्न वार्ता गर्न महिनौं बिताएका थिए । सिनेटमा कुल १२ रिपब्लिकनले सबै डेमोक्र्याटहरूसँग बिलको समर्थनमा मतदान गरेका थिए ।


क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति जो बाइडेन, #समलिङ्गी र अन्तरजातीय

तपाईको कमेन्ट लेख्नुहोस्