दर्जनौं नेता राष्ट्रपतिको आकांक्षी, चुनाव हारेकादेखि समानुपातिकमा नपरेकासम्मको दौडधुप

काठमाडौं । कुनै दलले पनि स्पष्ट बहुमत नल्याएको अबस्थामा सरकार गठनका अनेक बिकल्पमा दलहरु छलफलमा छन् । नयाँ प्रधानमन्त्रीमा सहमति जुटाउने प्रयत्नसंग राजकीय पदहरुको बाँडफाँड पनि उत्तिकै पेचिलो बनेको छ । मुलुकले तेस्रो राष्ट्रपति को बन्ला भन्ने बिषय अझै स्पष्ट भैसकेको छैन । संसदीय निर्वाचनको परिणामले सत्ता गठबन्धन बहुमत नजिक पुगेकाले सरकार बनाउने तयारी गरिरहेको छ ।
यद्यपी उसले अपुग सांसद अन्य दलबाट लिनुपर्ने छ । यसको साथै राष्टपति उपराष्टपति लगाएतका पदमा पनि सता गठबन्धनले भागबण्डाका आधारमा तय गर्ने सहमती गरिसकेको छ । राष्टपतिका कतिपय काम तथा गतिविधि शतिm केन्द्रको जस्तो देखिएको कारण धेरै दलका नेताको नजर अहिले शितलनिवास तिर सोझिएको छ । आगामी फागुनमा राष्टपति तथा उपराष्टपतिको कार्यकाल समाप्त हुने हुदा यो पद हात पार्न सत्ता गठबन्धनका उच्च नेताहरु लागि परेका छन ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्ण सिटौला र नेता मानवहादुर विश्वकर्माले राष्टपतिका लागि आकाँक्षा देखाएका छन । माओवादीबाट दुई कार्यकाल उपराष्टपति भैसकेका र संविधान अनुसार दुई कार्यकाल बढी सो पदमा बस्न नमिल्ने हुदा उपराष्टपति नन्दबहादुर पुनले राष्टपतिको आकाँक्षा देखाएका छन ।
यसैगरी प्रचण्डका विश्वास पात्र निर्वतमान सभामुख अग्नि सापकोटा,उपाध्याक्ष कृष्णबहादुर महरा,र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटाराई मध्येबाट एकलाई माओवादीले राष्टपतिमा अघि सार्ने छ । नेकपा एकिकृत समाजवादीले संम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्टपतिको उम्मेदवारको रुपमा अघि सार्ने निणर्य गरिसकेको छ । सत्ता गठबन्धनको निरन्तरता भए यी पदमा पुग्न असमर्थ भएपनि नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यलाई राष्टपतिमा अघि सार्ने संभावना रहेको छ ।
संसद बाहिरको ब्यति समेत राष्ट्रपति बन्ने संवैधाननिक ब्यवस्थाका कारण पुर्व मन्त्री परिषदका अध्यक्ष एवं पुर्व प्रधानन्याधिस खिलराज रेग्मीले समेत राष्ट्र«पति बन्ने आकाँक्षा राखेको चर्चा चलेको छ । पद बाँडफाडको प्रारम्भिक छलफलको व्रmममा काँग्रेसले राष्टपति तथा प्रधानमन्त्री आफुले राखेर अन्य दललाई सभामुख उपसभामुख राष्टिय सभाका अध्यक्ष तथा उपाध्यक्ष लगाएतका पद दिन सकिने बताएपछि माओवादी असन्तुष्ट छ ।
काँग्रेसले भने राष्टपति प्रधानमन्त्री सभामुख लगाएतका पद महत्वपुर्ण भएकोले सहमतीको आधारमा मात्र भाग लगाउने बताउने गरेको छ । राष्ट्रपति पद साझा, सम्मानित र सर्वोच्च भएको र अभिभावकीय भुमिका निर्वाह गर्नुपर्ने कारण सो पद हात पार्न दलहरुबीच रस्साकस्सी छ । राजनीतिका जानकारले भने संविधान अनुसार चल्नुपर्ने भएपनि राष्टपतिले वीगतमा कार्यकारीले गरेको निणर्य कतिपय अवज्ञा गरेकाले शतिशाली जस्तो भुमिका खेलेका कारण यो पद हात पार्न आकाँक्षी बढेको हुनसक्ने बताएका छन ।
हुनत् वीगतमा नेपालको पहिलो राष्टपति डा.रामवरण यादवले पनि कार्यकारी प्रधानमन्त्रीले गरेको सिफारिशलाई उलंघन गरेको आरोप लाग्ने गरेको छ । २०६६ साल वैशाष २० गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन प्रधानसेनापति रुकमागगत कटवाललाई हटाएर दोश्रो वरियताका जर्नेल कुलबहादुर खडकालाई प्रधान सेनापति वनाउन गरेको आग्रहलाइ अस्विकार गरेका थिए । त्यतिबेला पनि राष्टपति संस्था विवादमा परेको थियो । यसैगरी वर्तमान राष्टपति भण्डारीले नागरीकता सम्बन्धि विधेयक प्रमाणिकरण नगरेर तथा सरकारले पटक पटक ल्याएका केही अध्यादेश जारी नगरेर आलोचित बनेकी छन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दलहरु छलफल, #नयाँ प्रधानमन्त्री, #राष्ट्रपतिको आकांक्षी, #सरकार गठन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्