पहिलो किस्तामा प्रधानमन्त्री बन्न तछाड–मछाड, राष्ट्रपतिले दिएको समय आज सकिदै

काठमाडौं । नयाँ सरकार बनाउन दलहरुबीच रस्साकस्सी नै चलेको छ । किस्ता किस्तामा प्रधानमन्त्री बन्ने सहमति गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारबीच पहिलो पटक प्रधानमन्त्री बन्नेबारे रस्साकस्सी चलेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पहिलो पटक प्रधानमन्त्रीमा दावी नगरेपनि देउवा र प्रचण्डबीच को पहिले प्रधानमन्त्री बन्ने बिषयमा कुरा मिल्न सकेको छैन ।
देउवा र प्रचण्डले आफू नै पहिलो किस्तामा प्रधानमन्त्री बन्नुपर्ने अडान लिएका छन् । शनिबार अवेरसम्म चलेको बैठकमा कुनै सहमति जुट्न सकेको छैन । नेकपा एमालेको साथ लिएर प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने चाहना अव पूरा नहुने जवाफ फर्काएका थिए । गठबन्धनमा कांग्रेसलाई गलाएर पनि आफू प्रधानमन्त्री बन्ने दाउमा प्रचण्ड रहँदा देउवा पहिलो पार्टीको हैसियतमा आफूले नै नेतृत्व पाउनुपर्ने अडान लिइरहेका छन् ।
दुई नेताबीच विवाद देखिदा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते दिएको ७ दिनको समय अपराह्न सकिन लागेको हो। मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी थिइन्। सहमति जुटाउन आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि संसदमा १ सय ३८ सांसद आवश्यक पर्छ। पहिलो दल नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको छ। एमालेको ४४ प्रत्यक्षसहित ७८ र माओवादी केन्द्रको प्रत्यक्षमा १८ सहित ३२ सिट छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२ सिट जितेको छ। एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ र लोकतान्त्रिक समाजवादीले ४ सिट जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक र पाँच जना स्वतन्त्र प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #किस्ता किस्तामा प्रधानमन्त्री, #नयाँ सरकार, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्