काठमाडौंको तापक्रम ४.५ डिग्री सेल्सियसमा झर्यो, यसवर्षकै जाडो दिन

काठमाडौं । पुस महिना लागेसँगै देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यसवर्षको अहिलेसम्मकै कम भएको बताइएको छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशभरकै तापक्रम घट्दै गएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।
यस्तै, जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिइन । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईको भनाई छ ।
आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #काठमाडौंको तापक्रम, #न्यूनतम तापक्रम
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्