Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

गृहमन्त्री लामिछानेको कडा निर्देशन, नियमविपरित राखेका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन


काठमाडौं । गृहमन्त्री भएको भोलिपल्ट नै रवि लामिछानेले कडा निर्देश जारी गरेका छन् । गृहमन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हो । बहालवाला तथा पूर्व कर्मचारी/सुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति मार्फत जनाएका छन् ।

विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ तर सत्ता र शक्ति रहेकाले पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्दै आएका छन् ।

प्रहरी र सशस्त्रका सुरक्षाकर्मी दुरुपयोग गर्ने गृहमन्त्रालयका कर्मचारी पनि संलग्न रहेका छन् । गृहका कर्मचारीले कार्यविधिले निश्चित गरेको मापदण्ड विपरीत अंगरक्षक र चालक लिने गरेका छन् । ’कार्यविधिमा तोकिए अनुसारका वहालवाला तथा पूर्वकर्मचारी सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मी पाउने व्यवस्था रहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गृहमन्त्रालय, #रवि लामिछाने

तपाईको कमेन्ट लेख्नुहोस्