Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

नेपालमा फेरि कोरोनाको त्रास, अन्य देशमा फैलिदैं नयाँ भाइरसको लहर


काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । भारतमा समेत ओमिक्रोनको नयाँ भेरियन्ट देखिन थालेपनि गम्भिरतापूर्वक लिइएको छ । भारतमा संक्रमण बढ्नुले नेपालमा समेत यसको सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् । चीनमा कोरोना भाइरसको नयाँ लहर फैलिदो छ । अस्पतालहरु कोरोना संक्रमितले भरीएका छन् । चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ । संक्रमण बढ्दै गर्दा हिड्डुल गर्न विभिन्न क्रियाकलापमा समेत प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, भारतमा समेत नयाँ भेरियन्ट देखा परेसँगै भारतमा उच्च सर्तकता अपनाउन थालिएको छ । निकै संक्रामक मानिएको ओमिक्रोनको नयाँ भेरियन्टप्रति नेपालले सावधानीपुर्वक हेरिरहेको अधिकारीहरुले बताएका छन् । भारतमा संक्रमणा बढ्दा त्यसको प्रभाव नेपालमा छिट्टै देखा पर्ने हुदा सावधानी अपनाउन विज्ञको सुझाव छ । अमेरिका, बेलायत, बेल्जियम, जर्मनी, फ्रान्स र डेनमार्कलगायत धेरै देशमा यस ‘सब भेरियन्ट’का केस फेला परेका छन् ।

अक्टोबरमा अमेरिकामा कुल संक्रमणको छ प्रतिशतको बीएफ ७ जिम्मेवार थियो, जबकी बेलायतमा ७.२६ प्रतिशत थियो । पश्चिमी देशमा वैज्ञानिकहरूले यस ‘भेरियन्ट’मा नजिकबाट अनुगमन गरिरहेका छन्, । तर, यसका कारण यी देशहरूमा संक्रमण वृद्धि भएको छैन । छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा कोरोना संक्रमणबाट जोगिनका लागि गरिने स्वास्थ्य सावधानी पूर्णरुपमा हटिसकेका छन् । माक्स लगाउने स्यानिटाइजर प्रयोग गर्ने बानी नागरिकमा हटिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई सचेत गराउनुका साथै तयारी अवस्थामा रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनमा कोभिडको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ । सरकारी तथ्याङक अनुसार नेपालमा कोरोना सक्रमणको संख्या निकै न्युन देखिएको छ । साथै कोरोना भाइसर विरुदको खोपको अतिरिक्त मात्र चलिरहदा खोप लगाउनेको संख्या समेत शुन्य देखिएको छ । यसरी हेर्दा कोरोना संक्रमणका बिषयमा आम नागरिकदेखि सरकारका निकायहरु समेत सचेत देखिएका छैनन् ।

अन्य देशहरुमा खोपको चौथो मात्र लगाइरहदा नेपालमा खोपको तेस्रोे मात्रा लगाउनेको संख्या समेत कम देखिएको छ । नेपालमा अहिले सम्म लक्षित जनसंख्याको ३७ प्रतिशतले मात्र खोपको तेसा्रे मात्रा लगाएका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै जादा आवश्यक तयारी बढाउनुका साथै खोपको अतिरिक्त मात्रा लगाउनमा जोड दिनुपर्ने देखिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #ओमिक्रोन, #नयाँ लहर, #बेलायत

तपाईको कमेन्ट लेख्नुहोस्