सहमति जुटाउन सत्तारुढ दललाई नै पर्नेछ संसदमा सकस

काठमाडौं । मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनले मिश्रित परिणाम दिएपछि नेपाली काँग्रेससँगको समिकरण तोडेर माओवादीले एमालेसहित अन्य साना दलको सहयोगमा नयाँ सत्ता समिकरण बन्यो । संसदको यो अधिवेशनमा नयाँ प्रधानमन्त्री चयन, सभामुख, उपसभामुख चयन लगायतका काम सकेर यो अधिवेशनमा सरकारले प्रतिनिधि सभाका दुई दर्जन बढी र राष्ट्रिय सभामा विचारधिन रहेका एक दर्जन बढी विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।
यो अधिवेशनमा सरकारले राष्ट्रिय सुरक्षा परिषद विधेयक, बेपत्ता ब्यतिको छानवीन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको विधेयक, लगायत दुई दर्जन बढी विधेयक पारित गरिने छ भने राष्ट्रिय सभामा विचाराधिन रहेका भ्रष्टाचार निवारण पहिलो संसोधन विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक लगायत एक दर्जन बढी विधेयक पारित गराउने सरकारको तयारी छ ।
संसदको दुवै सदनले पारित गरेर प्रमाणिकारणका लागि पुर्ववर्ति देउवा सरकारले प्रमाणिकरणका लागि पठाएको नागरिकता सम्वन्धि विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी छैनन । यसलाई कार्यान्वयनमा लान पनि सरकारलाई फलामको चिउरा चपाउनु सरह हुने छ । यद्यपी संसदमा गणतन्त्रबादी, संघीयतावादी तथा राजावादी र संघीयता विरोधी राजनीतिक दलको प्रभावकारी उपस्थितिले संसदको आगामी कार्यकालमा थुप्रै चुनौति छन् ।
सत्ता र शक्तिका लागि सरकारमा सामेल भएका रास्वपा प्रदेशप्रति अनुदारवादी छ । राप्रपा हिन्दुराज्य र राजसंस्थाको वकालत गर्छ । अन्य राजनीतिक दल पनि आफनो स्वार्थ अनुकुल प्रस्तुत हुने संभावनाका कारण सरकार र संसदको भावी यात्रा चुनौती पुर्ण रहेको आकलन गर्न थालिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाली कांग्रेस, #माओवादीले एमाले, #संसदीय निर्वाचन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्