चित्रबहादुर केसीले भने जस्तै होला त सबै दलको लडाई राष्ट्रपतिको चुनावमा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि धेरै आकलन भइरहेका छन् । सबैको चासो छ नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेद्वारलाई मतदान गर्छ या गर्दैन । कांग्रेसले माओवादीको साथ पाउने आश लिएको छ । सभामुख र उपसभामुखमा माओवादीको साथ नपाएको कांग्रेसले राष्ट्रपतिको चुनावमा भने साथ दिन्छ भन्नेमा ढुक्क जस्तै छ । सोही अनुसार कांग्रेसका नेताहरु नै भनिरहेका छन् अवको लडाई राष्ट्रपतिको चुनाव नै हो ।
कांग्रेसको सोही भनाईलाई बल पुग्ने गरी प्रतिपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमै लडाई हुने बताएको छ । शनिबार संसदमा बोल्दै अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अब सबै राजनीतिक दलहरूको लडाई राष्ट्रपति कसलाई बनाउने भन्नेमा पर्ने बताए । उनले सबै दलले कम्फर्टेबल राष्ट्रपति खोजेको बताउँदै गत पुस २६ गतेदेखि नै राष्ट्रपतिका लागि लडाई सुरु भएको बताएका थिए ।
सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिन्छ । त्यसले गर्दा राष्ट्रपतिले, सभामुखले दूधको–दूध, पानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ ? सक्दैन । यो रोगबाट हामी मुक्त हुनुपर्छ । हामीले संसदीय प्रणालीको बखान गर्न नथाक्ने अनि त्यसको नियमलाई प्रणालीलाई नमान्ने भएपछि वास्तवमा हामीले यो संसद्लाई राम्रोसँग चलाउन सक्दैनौँ ’अध्यक्ष केसीले भने ।
उनले पार्टीका नेताहरूले गरेको कुरा सुन्दा उपसभामुखको उम्मेदवार सभामुखको जस्तो भएको बताएका थिए । कांग्रेसलाई नै निरन्तर साथ दिदै आएका अध्यक्ष केसीको भनाईलाई मान्ने हो भने राष्ट्रपति निर्वाचनमा बढी मेहनत र कसरत हुने देखिन्छ । सत्तारुढ दलमा नेकपा एमालेले राष्ट्रपति पाउने सहमति छ । अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेबाट राष्ट्रपतिको उम्मेद्वार बनाउने र सबैले समर्थन गर्नुपर्ने बताएका थिए । माओवादीले कांग्रेसको उम्मेदवारलाई मत दिए सत्ता गठबन्धन नै भत्किने अवस्था आउन सक्छ । सोही कुरा कांग्रेसले चाहिरहेको छ । प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली र कांग्रेस नेताहरुबीच घोचपेच चलिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रचण्ड, #राष्ट्रपतिको चुनाव, #विश्वासको मत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्