पोखरा विमानस्थलले श्रीलंकाको हम्बनटोटा पोर्ट जस्तै नियति भोग्न सक्ने आशंका

काठमाडौं । भर्खरै उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भविष्यमा चिन्ता उब्जिएको छ । साना विमानमात्र राख्न सक्ने भएकाले यसले भविष्यको बारेमा चिन्ता उब्जिएको हो । यो नेपालको लागि सेतो हात्ती बन्न सक्छ । यो विमानस्थलले श्रीलंकाको हम्बनटोटा पोर्टको जस्तै नियति भोग्न सक्ने आँकलन गरिएको छ । चीनले हम्बनटोटा र पोखरा विमानस्थल समान रणनीतिक उद्देश्यले बोकेर बनाएको छ ।
गत जनवरी १५ मा यति एयरलाइन्सको विमान दुर्घटना भएको विमानस्थलमा इन्धन र यात्रुको प्रतिबन्ध र रात्रि अवतरण सुविधा सञ्चालन हुन नसकेकोले ए ३२० र बी ७३७ जस्ता मध्यम आकारका न्यारो बडीका विमान सञ्चालनमा आउन सकेको छैन । यो दुर्घटनापछि विमानस्थलको व्यवहारिक पक्षको बारेमा प्रश्न चिन्ह खडा भएको इकोनोमिक टाइम्स्ले लेखेको छ । चीनले विमानस्थललाई बीआरआई परियोजनाको सूचीमा राखे पनि नेपाल सरकारले यसको इन्कार गर्दै आएको छ ।
एक्जिम बैंकबाट २१५.९६ मिलियन डलर ऋणमा बनेको विमानस्थलमा चिनियाँ उपस्थितिले बेइजिङलाई भारतविरुद्ध रणनीतिक गहिराइ दिन सक्छ। उत्तर प्रदेशका धेरै स्थानहरू हवाई मार्गबाट पोखरा नजिक छन् । पोखरा विमानस्थलबाट गोरखपुरको दुरी ३०० किलोमिटर जति रहेको छ । यस्तै, हवाईमार्गबाट गोरखपुर २० मिनेटमा पुग्न सकिन्छ भने लडाकु विमानबाट १० मिनेट भन्दा कम समयमा पुग्न सकिन्छ । नयाँदिल्लीदेखि पोखराको सिधा व्यावसायिक उडान एक घण्टाभन्दा कम लाग्ने छ । चीनको पीएलए जेट पोखरामा राखियो भने छोटो समयमै भारतको राजधानी पुग्न सक्छ ।
नेपालका नागरिक उड्डयन विज्ञहरूले विमानस्थलले धेरै ट्राफिकहरू आकर्षित गर्न नसक्ने र ठूलो घाटा बेहोर्ने बताउँछन्। चीनको एक्जिम बैंकले आयोजनाका लागि नेपाललाई ऋण दिएको लगभग सबै रकम विमानस्थल निर्माणको ठेक्का लिएको चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीको खातामा गइसकेको छ । यदि नेपालले ऋण तिर्न असफल भयो भने, बेइजिङले काठमाडौंलाई चीनको विशेष प्रयोगको लागि यो एयरपोर्ट आफ्नो कब्जामा लिन सक्ने बताइएको छ । चीनले पोखरामा चिनियाँ नागरिकका लागि होटल, रिसोर्ट र भ्याकेशन होम निर्माण गर्न नेपाललाई दबाब दिइरहेको इकोनोमिक टाइम्सले लेखेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #पोखरा अन्तरराष्ट्रिय, #हम्बनटोटा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्