भारत, गुयाना तेल र ग्यास आदान प्रदान गर्न सहमत

काठमाडौं । भारत दक्षिण अमेरिकी देश गुयानाबाट कच्चा तेल खरिद गर्न सहमत भएका छन् । यस्तै, तेलको दिर्घकालीन विकास र उत्पादनको लागि सहयोग गर्न सहमत भएका छन्।
तेलमन्त्री हरदीप सिंह पुरीले बिहीबार गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीलाई भेटेका थिए। नेताहरूले तेल र ग्यास क्षेत्र जीटुजी सहयोग गर्ने सहमति जनाएको इकोनोमिक टाइम्सले लेखेको छ ।
यसैगरी, तेलको उत्खनन्, भण्डारण र निर्यातलाई सहज बनाउन दुईवटा प्राविधिक टोली गठन गर्न नेताहरु सहमत भएको मन्त्रालयले जनाएको छ ।
आगामी फेब्रुअरीमा गुयानाका उपराष्ट्रपति भरत जगदेवको भारत भ्रमणको क्रममा भावी सहयोगको विषयमा निर्णय हुने बताइएको छ ।
गुयाना सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनी गुयाना पावर एण्ड ग्यास इन्क र इन्जिनियर्स इन्डिया लिमिटेडबीच गुयानामा ३०० मेगावाटको पावर प्लान्ट परियोजनाका लागि परामर्श सेवा उपलब्ध गराउने सम्झौता पनि भएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कच्चा तेल खरिद, #भारत दक्षिण अमेरिकी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्