भारतले मोरक्को बाट मल खरिद गर्दै

नयाँ दिल्ली । चीनले चीनले मल उत्पादन गर्न प्रमुख कम्पोनेन्टको निर्यात निलम्बन गरेपछि भारतले मोरक्कोबाट मल खरिद गर्ने भएको छ । चीनले मल उत्पादनको लागि चाहिने प्रमुख रसायन अमोनियम फास्फेटको निर्यात निलम्बन गरेपछि भारतले मल सुरक्षित गर्न मोरक्कोतिर फर्केको छ।
मोरोक्कोले एक वर्षमा १.७ मिलियन मेट्रिक टन मल आपूर्ति गर्न भारतसँग सम्झौता भएको छ । सम्झौता अनुसार ओसीपी समूहले भारतलाई ७ लाख टन मल आपूर्ति गर्नेछ । मोरक्कोको मल उत्पादकले भारतीय किसानहरूलाई सिधै थप १० लाख टन मल उपलब्ध गराउने तयारी गरेको छ।
मोरक्कोसँगको सम्झौतामार्फत, भारतले डाइमोनियम फस्फेट (डीएपी) र नाइट्रोजन, फस्फोरस र पोटासियम ९एनपीके० बनाउन आवश्यक कच्चा पदार्थ रक फस्फेटको नियमित रुपमा खरिद गर्नेछ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्