पाकिस्तानमा प्रहरीको गोली हानी हत्या

डेरा इस्माइल खान । डिआइ खानको दरबन तहसीलको मल्लाह खेल क्षेत्रमा आक्रमणकारीले एक प्रहरीको गोली हानी हत्या गरेका छन् । प्रहरी प्रवक्ता सैयद याकूब बुखारीले मस्जिदबाट घर जाँदै गर्दा आक्रमणकारीहरूले गोली हानेपछि प्रहरी जवान गुल बारनले मृत्यु भएको छ ।
संदिग्ध आक्रमणकारीहरुको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको डन पत्रिकाले लेखेको छ । यस्तै, केही समयअघि उक्त क्षेत्रमा सडकमा राखिएको इम्प्रोभाइज्ड विष्फोटक पदार्थ पड्किएपछि प्रहरीको गस्ती गाडीमा सामान्य क्षति पुगेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्