बेल्जियममा चिनियाँ यौनकर्मीको तस्करी गर्ने गिरोह पक्राउ

सेल्स । बेल्जियम प्रहरीले चिनियाँ यौनकर्मीको तस्करी गर्ने अन्तर्राष्ट्रिय समूहका २५ जना संदिग्धलाई पक्राउ गरेको बताएको छ। यस्तै, बेल्जियमका धेरै सहरहरूमा दुई दर्जन ठेगानाहरूमा गरिएको खानतसासीमा २० भन्दा बढी तस्करी गरिएका चिनियाँ नागरिकलाई उद्दार गरिएको छ ।
बेल्जियमको संघीय अभियोजन सेवाका प्रवक्ता एरिक भान ड्युसेले एएफपीलाई भने, ‘मानव बेचबिखन सर्कलहरूमा हालैका वर्षहरूमा यो सबैभन्दा ठूलो सङ्ख्यामा पक्राउ गरिएको हो ।’
पक्राउ परेका अधिकांश चिनियाँ पृष्ठभूमिका थिए भने तीनजनासँग बेल्जियमको नागरिकता थियो। संगठनले यौन गतिविधिका लागि होटल र घरहरूको अनलाइन भाडामा प्रयोग गरेको आरोप लगाइएको छ । महिलाहरूले कमाएको पैसाको हिस्सा गिरोहले आफ्नै राख्ने गरेको बताइएको छ ।
गिरोहले प्रयोग गरेको भनिएका धेरै महिलाहरू वैध युरोपेली रेसिडेन्सी कागजातहरू विहिन थिए । ब्रसेल्स, एन्टवर्प, चार्लेरोई, लुभेन, लुभेन र न्युफचेटोमा २६ ठेगानामा छापा मारिएको थियो । बेल्जियममा पक्राउ परेका २६ संदिग्धहरूलाई पुलिसले सोधपुछ गरिरहेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्