भुटानी महिलाले स्थापना गरे ओटीटी प्लेटफर्म समूह

थिम्पु । नेटफ्लिक्सको सफलतामा प्रेरित भई भुटानी महिला न्यामा जामले समूह नाम गरेको ओभर द टप ९ओटीटी० प्लेटफर्म स्थापना गरेको द भुटान लाइभले लेखेको छ । समूहमा मौलिक, इजाजतपत्र प्राप्त, र क्युरेट गरिएको भुटानी सामग्रीको विस्तृत श्रृंखला राखिएको छ । ।
यो प्लेटफर्म विश्वका ११७ देशबाट जुनसुकै बेला पनि हेर्न सकिन्छ । प्लेटफर्म २०२० मा स्थापना भए पनि जुलाई २०२२ मा आधिकारिक रुपमा लन्च गरिएको थियो । यद्यपि प्लेटफर्म मनोरन्जनको लागि देखिए पनि यसमा मनोरञ्जन भन्दा बढी भएको बताइएको छ ।
प्लेटफर्मले भुटानको समृद्ध संस्कृति र परम्परालाई जोगाउने लक्ष्य राखेको छ, प्लेटफर्मको सामग्रीमा मौलिक फिल्महरू, मूल वेब शृङ्खलाहरू, वृत्तचित्रहरू, सङ्गीत भिडियोहरू, र बालबालिकाका कार्टुनहरू समावेश छन्। समूहले सामग्री उत्पादन गर्न भुटानी रचनात्मक उद्योगका प्रतिभाहरूसँग पनि सहयोग गर्दछ। हालै न्यामाले मिडिया, प्रसारण र प्रविधि क्षेत्रको विधामा योगदान गरेको भन्दै राइज अवार्डमा सम्मानित भएकी थिइन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्