संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । दश वर्षिय सशस्त्र द्वन्द्वसँग सम्बन्धित विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै सत्तारुढ गठबन्धनले संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेका कानुनहरु परिमार्जन गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।
आइबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नौ दलको गठबन्धनको बैठकले सर्वोच्चको आदेशअनुसार कानुनलाई परिमार्जन गर्ने गरी छलफल अघि बढाउने निर्णय गरेको हो । पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधिविरुद्ध बैठकमा ध्यानाकर्षण भएको नेपाली कांग्रेकास प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय भएको लेखकले जानकारी दिएका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै संसदमा लगिने सचेतक लेखकले बताए । पीडित परिवारलाई ध्यान दिए र कानून पनि बनाउने र आयोगहरु पनि बनाउन अघि बढ्ने बैठकको निर्णय भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दश वर्षिय सशस्त्र द्वन्द्व, #सर्वोच्च अदालत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्