चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा सीलाई पुटिनको बधाई

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन् । राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई सीलाई न्यानो अभिवादनसहित बधाइ व्यक्त गरेका छन् ।
चीनको नेशनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुग्नु भएका सीको उच्च प्रतिष्ठा रहेको र चीनको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्दै देशको हितको रक्षा गर्ने विषयमा अन्तरराष्ट्रिय मञ्चमा उनले खेलेको भूमिकलाई पुनः पुष्टि गरेको पुटिनले उल्लेख गरेका छन् ।
रुसी पक्षले रुस–चीन बृहत्तर रणनीतिक साझेदारी सम्बन्धलाई थप सुदृढ गर्नका लागि राष्ट्रपति सीको योगदानको उच्च प्रशंसा गरेको छ । रुसी राष्ट्रपति पुटिनले दुवै पक्षको संयुक्त प्रयासबाट विभिन्न क्षेत्रमा रुस–चीन सहयोगले निरन्तरता पाउँदै आगामी दिनमा अझ फलदायी नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पुटिनले क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा सीसँगको समन्वयलाई निरन्तरता दिनेपनि बतएका छन्। उनले मित्रवत् चिनियाँ जनताको हितलाई प्रवर्द्धन गर्न राष्ट्रपति सीले नयाँ र ठूलो उपलब्धि हासिल गर्नुहुनेछ भन्ने कामना समेत व्यक्त गरेका छन् । यसैगरी, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) शीर्ष राजनीतिक सल्लाहकार निकायको १४ औँ राष्ट्रिय समितिको उपाध्यक्षमा शुक्रबार २३ जना निर्वाचित भएका छन्।
नवनिर्वाचित उपाध्यक्षहरूमा शि ताइफेङ, हु चुनहुवा, शेन युएयु, वाङ योङ, झोउ छ्याङ, पग्बाल्हा गेलेग नामग्याई, हो हाउ वाह, लेउङ चुन–यिंग, बातेर, सु हुई, शाओ होङ, गाओ युनलोङ, चेन वु, मु होङ, सियान हुई, वाङ डोङफेङ, जियांग सिन्जी, जियाङ जुओजुन, हे बाओक्सियांग, वाङ गुआङकियान, किन बोयोङ, झू योङक्सिन र याङ जेन रहेका छन् । त्यसैगरी वाङ दोङफेङ भने समितिको महासचिवमा निर्वाचित भएका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्