जी–२०ः भारतको गान्धिनगरमा मार्च ३० तारिख देखि विपद् जोखिम न्यूनीकरण कार्य समूहको बैठक

नयाँ दिल्ली । भारतको अध्यक्षता जारी जी–२० सम्मेलन अन्तर्गत भर्खरै निर्माण गरिएको विपद् जोखिम न्यूनीकरण समूहको पहिलो बैठक अर्को हप्ता गुजरातमा बस्ने भएको छ। विपद् जोखिम न्यूनीकरण कार्यदलको बैठक मार्च ३० देखि अप्रिल १ सम्म गान्धीनगरमा हुने तय भएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण का सदस्य सचिव कमल किशोरले विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्कमा समावेश गरिएका लक्ष्यहरू पूरा गर्न विश्वले केही कमीहरू देखिरहेको छ। विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क १८७ देशहरूले २०१५ मा अपनाएका थिए।
यसले विपद्बाट हुने मृत्युदर घटाउने, विपद्बाट प्रभावित व्यक्तिको सङ्ख्या घटाउने, आर्थिक नोक्सानी कम गर्ने र पूर्वाधारमा हुने क्षतिलाई कम गर्ने लक्ष्य राखेको उनले बताए । बैठकमा सबै जी–२० सदस्य देशहरू साथै नौ आमन्त्रित देशहरू र आठ अन्तर्राष्ट्रिय संस्थाहरू सहित १००भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्