जी–२० सम्मेलनः पहिलो व्यापार र लगानी समूह बैठक मार्च २८ मा मुम्बईमा हुँदै

नयाँ दिल्ली । भारतको अध्यक्षता भईरहेको जी–२० सम्मेलन अन्तर्गत पहिलो व्यापार र लगानी कार्य समूह बैठक मार्च २८ देखि मार्च ३० सम्म मुम्बईमा हुनेछ ।
वाणिज्य सचिव सुनिल बर्थवालले तीनदिने बैठकमा जी– सदस्य राष्ट्रहरू, आमन्त्रित देशहरू, क्षेत्रीय समूहहरू र अन्तर्राष्ट्रिय संगठनहरूका १०० भन्दा बढी प्रतिनिधिहरू विश्वव्यापी व्यापार र लगानीलाई गति दिन छलफलमा संलग्न हुने बताए।
बैठकको ट्रेड फाइनान्स सम्बन्धी सेमिनार हुनुको साथै बैंक, वित्तीय संस्था, विकास वित्त संस्था र वित्तीय संस्थाहरूको भूमिका, निर्यात ऋण सबन्धि छलफल गरिनेछ। त्यसपछि भारत डायमण्ड बोर्सको निर्देशित भ्रमण हुनेछ। बैठकको उद्घाटन भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले गर्नेछन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्