Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

भारतको विशाखापट्टनममा आजबाट पूर्वाधार विज्ञ समूहको बैठक बस्दै


नयाँ दिल्ली । भारतको अध्यक्षतामा भईरहेको जी–२० सम्मेलन अन्र्तगत पूर्वाधार विज्ञ समूहको बैठक आजबाट आन्ध्र प्रदेशको विशाखापट्टनममा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनमा जी–२० सदस्य देशहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका करिब ६३ प्रतिनिधिहरू सहभागी हुनेछन्।

यो बैठक, भारतीय राष्ट्रपतिको उपस्थितिमा पूर्वाधार विज्ञ समूहको एजेन्डामा छलफल हुनेछ। यस बैठकमा छलफल गरिने प्रमुख प्राथमिकता ‘भविष्यका सहरहरू’ तथा समावेशी, लचिलो र दिगो पूर्वाधार एजेन्डामा रहेका छन्

दुई दिने बैठकमा प्रतिनिधिहरुका लागि विभिन्न औपचारिक भेटघाट र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । यो बैठक विशाखापट्टनमको स्टिल सिटीमा हुनेछ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्