पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु

इस्लामाबाद । पाकिस्तानका विभिन्न शहरमा पीठो वितरण केन्द्रमा भागाभाग हुँदा ११ जनाको मृत्यु भएको छ । मंगलबारमात्र एक महिला र एक पुरुषको मृत्यु हुनुका साथै कैयौँ व्यक्ति घाइते भएका छन्। जनताले पीठो वितरणलाई लिएर सरकारको चर्को विरोध गरेका छन्। पहिलो भागाभाग शाहीवाल शहरमा भएको थियो। सित्तैमा पीठो लिन ठूलो संख्यामा मानिस आएका र महिला पनि लामो लाइनमा उभिएका वेला उक्त घटना भएको थियो।
द न्यूजका अनुसार समय बित्दै जाँदा भीडको धैर्य गुम्दै गयो। जसले गर्दा भागाभाग भयो र सबैले पीठोको थैलो लिन खोज्दै थिए। यो भागदौडमा एक महिलाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच शाहीवालका उपायुक्त तथा जिल्ला प्रहरी अधिकारी घटनास्थल पुगेका थिए। पीठो माग्नेलाई प्रहरीले लाठीचार्ज गरेको थियो। रहीम यार खानमा सित्तैमा पीठो लिन बसेका ७३ वर्षीय एक वृद्धको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। झङस्थित सरकारी ग्राजुयट ब्वाइज कलेजमा पीठो बाँड्ने ठाउँमा वृद्धामाथि भएको अत्याचारको विरोधमा महिलाले धर्ना दिएका छन्।
पीठो वितरण गर्दा कर्मचारीले भेदभावपूर्ण व्यवहार गरेको महिलाको आरोप छ। पेशावरका विभिन्न ठाउँमा निस्शुल्क गहुँको पीठो आपूर्तिलाई लिएर विरोध प्रदर्शन र झडप भएको एक्सप्रेस ट्रिब्यूनले जनाएको छ। प्रहरीले स्थिति नियन्त्रण गर्न लाचार देखिएको थियो। सित्तैमा पीठो नपाएपछि आन्दोलनकारीले कोहाट सडक बन्द गरेपछि सवारी ठप्प भएको छ।
दिनभर लामो लाइन लाग्दा पनि रित्तो हात घर फर्कनुपरेको उनीहरूले गुनासो छ। उनीहरूले नातावादका र राजनीतिक आस्थाका राखेर पीठो बाँडिएको दाबी गरेका छन्। सरकारी पीठो सित्तैमा नपाएको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी दक्षिणी जिल्लामा निःशुल्क पीठो वितरण केन्द्रमा ठूलो संख्यामा महिला भेला हुन्छन्। यसले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ हुने गरेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्