भारत र चिलीबीच बहुपक्षीय विषयमा छलफल

नयाँ दिल्ली । भारत र ल्याटिन अमेरिकी देश चिलीले शुक्रबार आठौं विदेश कार्यालय परामर्शमा क्षेत्रीय र बहुपक्षीय विषयमा छलफल गरेका छन् । पूर्वीय क्षेत्र हेर्ने विदेश मन्त्रालयका सचिव सौरभ कुमारले चिलीको विदेश नीतिका महासचिव एलेक्स वेत्जिग अब्दालेसँग व्यापार, प्राविधिक, नवीकरणीय उर्जा, अन्तरिक्ष, खानी र शिक्षालगायतका व्यापक क्षेत्रमा सहयोगका बारेमा छलफल गरेका छन्
यसै बीच चिलीका राजदूतले विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरेका छन् । जयशंकरसँगको भेटवार्तामा राजदूतले द्विपक्षीय राजनीतिक र आर्थिक सहयोगलाई गहन बनाउने विषयमा छलफल गरेका छन् । भारतको मन्त्रिपरिषद्ले कृषि र सम्बद्ध क्षेत्रहरूमा सहयोगको लागि भारत र चिली बीचको समझदारीपत्रमा हस्ताक्षर गर्न अनुमोदन गरेको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्रिपरिषद्ले कृषि र सम्बद्ध क्षेत्रहरूमा सहयोगका लागि गणतन्त्र भारत सरकार र गणतन्त्र चिली सरकार बीचको समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमोदन गरेको थियो। समझदारीपत्रमा आधुनिक कृषिको विकासका लागि कृषि नीतिहरू, जैविक उत्पादनहरूको द्विपक्षीय व्यापारलाई सहज बनाउन जैविक कृषि, साथै दुवै देशमा जैविक उत्पादनको विकास गर्ने उद्देश्यका नीतिहरूको आदानप्रदानलाई प्रवर्द्धन गर्ने, साझेदारी अन्वेषण गर्न विज्ञान र आविष्कारहरू रहेका छन्।
यस्तै, भारतीय संस्थानहरू र चिलीका संस्थानहरू बीच कृषि क्षेत्रमा नवप्रर्वतनलाई प्रोत्साहित गर्न साथै साझा चुनौतीहरूको सामना गर्न सहकार्य गर्ने उल्लेख गरिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्