विश्वको सबैभन्दा अग्लो रेलवे पुल: भारतको जम्मु कश्मीरमा चाँडै सञ्चालनमा आउदै

कश्मीर । भारतको जम्मु कश्मीरको चेनाब नदीमा बनेको विश्वको सबैभन्दा अग्लो रेलवे पुल चाँडै सञ्चालनमा आउने भएको छ ।
बहुप्रतिक्षित विश्वको सबैभन्दा अग्लो रेलवे पुलले चेनाब नदीमा ३५९ मिटर (१ हजार १७८ फिट) उचाइमा रहेको छ, जुन पेरिसको एफिल टावरभन्दा ३५ मिटर अग्लो छ।
यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यो फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा ३५ मिटर अग्लो रहेको जनाइएको छ ।
यस्तै, यो पुलले बक्कल र कौरीलाई जोड्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २५ हजार करोड भारतीय रुपैयाँको लगानीमा निर्मित उधमपुर, श्रीनगर, बरामुल्ला रेल लिंक परियोजनामा यो पुल समावेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो पुलको सबै आवश्यक परीक्षण भइसकेको बताइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्