अरुणाचल प्रदेश भारतको अभिन्न अंगः चीनपछि ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको प्रतिक्रिया

वाशिंगटन । अमेरिकाले अरुणाचल प्रदेश भारतको अभिन्न अंगको रूपमा रहेको बताइएको छ । चीनले अरुणाचल प्रदेशका विभिन्न ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको यो प्रतिक्रिया आएको छ । उसले कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्ने जनाएको छ ।
चीनले तिब्बतको दक्षिणी भागको रूपमा दाबी गर्ने अरुणाचल प्रदेशका थप ११ स्थानका लागि चिनियाँ नाम घोषणा गरेपछि यो प्रतिक्रिया आएको छ । चीनको नागरिक मामिला मन्त्रालयले आइतबार ११ स्थानको आधिकारिक नाम सार्वजनिक गरेको छ।
भारतले मङ्गलबार चीनले अरुणाचल प्रदेशका केही ठाउँहरूको नाम परिवर्तन गरेको ठाडै अस्वीकार गरेको छ । यो राज्य भारतको अभिन्न अंग हो भनेको छ । भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म चीनसँगको सम्बन्ध सामान्य हुन नसक्ने बताउँदै आएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्